Breaking

निरन्तरको वर्षाले आन्तरिक उडान प्रभावित


काठमाडौँ— निरन्तरको वर्षाले आन्तरिक उडान प्रभावित भएका छन् । काठमाडौंबाट उड्ने अधिकांश उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

भैरहवा, जनकपुर, नेपालगञ्ज र धनगढीबाहेक अन्य स्थानको उडान बन्द रहेको विमानस्थल कार्यालयका निर्देशक तथा प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । “विमानस्थल बन्द छैन । तर अधिकांश उडान प्रभावित छन् । भैरहवा, जनकपुर, नेपालगञ्ज र धनगढीबाहेक अन्त उडान हुन सकेको छैन,” उनले भने, “अन्तर्राष्ट्रिय उडान केही समय होल्ड भए पनि सामान्य छ ।”