Breaking

इन्सपेक्टर बिनुका हर्कतले प्रहरी बदनाम, भैंसेपाटी काण्डको पर्दाफास


ललितपुर प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुखप्रहरी निरीक्षक बिनुकुमारी शाहीमाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । गिरोहसँगै रकम असुल्नेदेखि मुद्दा मिलाउनेसम्मका काममा कमिसन खाएको आरोप लागेपछि छानविनका लागि जिम्मेवारी मुक्त गरिएको हो । बिनु यसअघि पनि विवादित छबीकी प्रहरी अफिसर हुन् ।

भएकी छिन् । कञ्चनपुरबाट काज सरुवा भई ललितपुरको भैंसेपाटी प्रहरी प्रभावकी प्रमुख बनेकी इन्सपेक्टर बिनुमाथि हनीट्यापिङमा पारी व्यापारीसँग मोलमोलाइ गरेको आरोप छ । अर्थात हनी ट्रयापको बिषय बलात्कारमा फसाईदिने भन्दै एक व्यवसायीसँग रकम असुलेको आरोप छ ।

ललितपुरका एक जग्गा व्यवसायी केही समयअघि इटहरी पुगेका थिए । त्यही बेलासुस्मा विक नामकी युवतीसँग इटहरी र इलाम घुमफिर गरे । होटेलमा सँगै बसेका युवा केही दिनपछि ललितपुर फर्किए । सुस्मा र युवाबीच फोनमा सम्पर्क भइरहन्थ्यो । सुस्माले युवा पैसावाल व्यवसायी भएको थाहा पाइसकेकाले उनीबाट पैंसा असुल्ने योजना बन्छ । सुस्माले यो कुमार आफ्ना निकटका साथी दर्शन पोखरेललाई सेयर गर्छिन् । र, दर्शनको सम्पर्क ताज स्लामसँग थियो । ताज इन्सपेक्टर शाहीसँग पनि नजिक थिए ।

ती व्यवसायीबाट असुल हुने रकमको करिव आधा रकम बिनुले लिने सम्झौता भइसकेको थियो । यो सबै सेटिङ मिलेपछि इटहरीमा रहेकी सुष्मालाई एकाएक काठमाडौं बोलाइयो । र सोही योजनाअनुसार सुस्मामार्फत व्यवसायी युवालाई प्रहरी निरीक्षक शाहीले फोन गर्न लगाइन् ।सुस्माको फोनपछि युवा भैँसेपाटी पुगे । उनीविरुद्ध बलात्कारको उजुरी आएको भन्दै विनु थर्काउन थालिन् ।सुस्मा र ताज पनि सँगै थिए । उनकै अगाडि मुद्दा नचलाउने र पैंसामा सबै रफादफा गर्ने ‘बार्गेनिङ’ भयो ।सुरुमा ६० लाखको बार्गेनिङ ३० लाखमा सहमति जुट्यो ।

त्यो बेला युवासँग सात लाख रुपैयाँ मात्रै थियो । सहमतिअनुसार ती युवाले दर्शनको खातामा सात लाख रुपैयाँ ट्रान्सफर गरे । बाँकी दुईदिनभित्र दिने बाचा गरे । तर, त्यसका लागि आफ्नो प्राण्डो नै बिक्री गर्नुपर्ने बताएका थिए ।उनले त्यही दुईदिनमा आफ्नो प्राण्डोलाई बजार मूल्यभन्दा दुई गुणा सस्तोमा बिक्री गरेर बाँकी १३ लाख बैंकमार्फत र १० लाखको चेक काटेको खुलेको छ ।१३ लाख सुस्माकै एक साथीको खातामा पठाएको खुलेको छ ।

घटनाबारे तेस्रो दिनमा भने पीडित युवाका एक साथीले ललितपुर प्रहरीमा जानकारी गराए । त्यसपछि ललितपुर प्रहरीले भैँसेपाटीमा रहेका दर्शन, सुस्मा र ताजलाई समेत कार्यालय झिकाएको थियो । हाल सुस्मा र ताज प्रहरीको थुनामा छन् । इस्पेक्टर शाहीमाथि अनुसन्धान गर्न ललितपुर प्रहरीका डीएसपी नरहरी अधिकारीको नेतृत्वमा सात सदस्यीय समिति बनेको छ ।

ललितपुर प्रहरीले शाहीको मोबाइल नियन्त्रणमा लिएको छ । तर, हिरासतमा रहेका युवा ताज स्लामको मोबाइल भने गायब छ । शाहीले आफू र ताजबीच मोबाइलको म्यासेजमा भएको कुराकानी समेत हटाएकी छन् ।कालिकोटको खाँडाचक्र नगरपालिका–१ की जन्मीएकी विनु २०७७ सालमा सिधै प्रहरी इस्पेक्टरमा भर्ना भएकी हुन् ।

उनको बिगत पनि विवाददित छ । २०८० माघ मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी निरीक्षक हुदा पूर्वप्रहरी जवान राजेन्द्र नाथलाई यातना दिएको आरोप लाग्यो ।

माघमै इस्पेक्टर शाहिले आफु विरुद्ध स्थानीय सञ्चारमाध्यममा समाचार लेखेकै आरोपमा पत्रकारद्वय पुष्कर भट्ट रऐश्वर्या कुँवरलाई पक्राउ गरेकी थिइन् । शान्ती शुरक्षाको प्रतिमुर्तिका रुपमा रहेको प्रहरी प्रशासन घुस र विवादमा मुछिनु दुखद रहेको पूर्व प्रहरी अधिकारीहरु बताउँछन् ।
कञ्चनपुरमा विवादित बनेपछि इस्पेक्टर शाहीसंघिय अपराध अनुुसन्धान शाखा नक्सालतानिएकी थिइन । त्यहाबाट पनि उनी गत जेठमाभैँसेपाटी प्रभागको नेतृत्व गर्न पुगेकी थिइन् ।