Breaking

नरेशको हदैसम्मको चलाखी, प्रहरी भिडियो सार्वजनिक गर्न बाध्य


अमेरिकाको भर्जेनियामा नेपाली नर्स ममता काफ्ले बेपत्ता प्रकरण थप रहस्यमयी बन्दै गएको छ । पनि नेरेश भट्टका वकिलले प्रहरीमाथि नै चुनौती तेस्र्याएपछि ममताको हत्या नै गरिएको प्रमाणले नेपाली समाज स्तब्ध छ । प्रहरीअब गुगल सर्च हिस्ट्रीमार्फत थप प्रमाण पु¥याउन लागिरेको छ ।

अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्ले प्रकरणलाई टुङगोमा पु¥याउन मनसास प्रहरी भगिरथ प्रयासमा छ । एकपछि अर्को तथ्यको खोजीमा जुटेको प्रहरीले ममताका श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री माग गरेको छ । अनुसन्धान अधिकृतहरुले अदालतबाट अनुमति लिएर नरेशनको लोकेशन, सर्च हिस्ट्री, अरु कुनै सोसल मिडिया एकाउन्ट लगायतका विवरण माग्दै ‘गुुगल सर्च वारेन्ट’ पठाएका छन् ।

गुगलबाट प्राप्त हुने विवरण ममता बेपत्ता प्रकरणमा महत्वपूर्ण प्रमाण सावित हुन सक्ने छ। मनसास पार्क प्रहरीले जुलाई २७ देखि अगस्ट २१ सम्मको विवरण मागेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।नरेशले हत्या गरेको विषयमा विश्वस्त रहेको प्रहरीले घटनालाई पुष्टि गर्नेठोस प्रमाण दिन नसक्दा नरेशमाथि अहिलेसम्म शव लुकाएको अभियोगमा मात्रै मुद्धा चलिरहेको छ।

शुक्रबार नरेशविरुद्ध ठोस प्रमाण नभएको भन्दै उनका वकिलहरुले धरौटीमा छाड्नु पर्ने दलिल पेश गरेपछि प्रहरीले अदालतमै हत्या पश्चात शरीर टुक्राटुक्रा पारी फरक–फरक ठाउँमाफोहोर फाल्ने रद्धीको टोकरीमा डिस्पोज गरेको प्रमाण पेश गरेको थियो । नरेशलेनै श्रीमतीको हत्या गरेर बच्नको लागि सातिर चाल चलेको निश्कर्षमा पुगेको प्रहरीलेममता बेपत्ता भएपछि पहिलो पटक सोधपुछका लागि घरमा पुगेको दृश्यसमेत सार्वजनिक गरेको छ। प्रहरीले शरिरको फ्रन्टभागमा जडित क्यामेराबाट कैद गरेको दृश्यमा छोरी बोकेर ढोकामा उभिएका नरेशले गफिदै ममता केही दिन पछि आउन सक्ने, पहिला पनि यसरी हिड्ने गरेको देखि आफुहरु छुटिएर बस्न लागेको जानकारी गराएका थिए ।

ममता बेपत्ता प्रकरणमा विकसित पछिला घट्नाक्रम

नम्बर–१

ममता बेपत्ता भएपश्चात र प्रहरीले उनको घरमा खानतलासी गर्नुअघि नरेशले थुप्रैपटक आफ्नो कारमा ठूल्ठूला झोला (ट्र्यास ब्याग) हरु बोकेर फरक–फरक ठाउँमा लगेर फ्याँकेको देखिएको छ । उनले कारबाट थैलोहरु झिकेर फोहोरको कन्टेनरमा हालेको सीसीटीभी फुटेज नै इजलासमा देखाइएको थियो ।
नम्बर–२

नरेशले घरबाट १२ पटकसम्म यसरी थैलोहरु कारमा हालेर टाढा टाढा लगि व्यवस्थापन गरेको देखिएको छ । एकपटक उनले पुराना लुगाहरु राखिने डोनेसन बक्समा समेत एउटा थैलो फ्याँकेको खुलेको छ । त्यो थैलोमा बाथरुमबाहिर प्रयोग गरिने म्याट रहेको र, रगत लत्पतिएको थियो ।

नम्बर–३

फोहोरको रुपमा कसैलाई शंयस नहुने गरी पोका–पोका बनाएर फालेका नरेशले फोहोर उठ्यो कि उठेन भनेर कन्टेनर उठाउने व्यवसायीहरुलाइ फोन गरेर सोधेका थिए । यसले पनि घटनामा उनको हात भएकोथप तथ्यमा बल पु¥याएको छ।
नम्बर–४

नरेशले यी सबै काम दुईदिनको अन्तरालमा अर्थात जुलाई २९ र ३० मा फत्ते गरेको अनुसन्धानमा खुलेको छ । आफ्नी छोरीलाई एकजना बेबीसिटर कहाँ छोडेर नरेश दिनभर व्यस्त बनेका थिए । उनले आफनो घरको बेसमेन्टमा बहालमा बस्नेलाई बोलाएर बेडरुमको पलङ अर्को रुममा सारेको पनि खुलेको छ ।

नम्बर–५

नरेशले आफ्नो घर नजिकै कुखुरा फार्म कहाँ छ भनेर पनि गुगलमा सर्च गरेका छन् । यस्तै, मान्छेको मस्तिष्कको आकार कस्तो हुन्छ भनेर सर्च गरेको पनि भेटिएको छ ।यसअघि उनले श्रीमतीको मृत्यु भएको कति समयपछि अर्को विवाह गर्न सकिन्छ ?’ भनेर गुगल सर्च गरेको खुलेको थियो ।

नम्बर–६

नरेशले ममताको हत्यामा सबै होसियारी अपनाएको देखिन्छ । ताकि उनीविरुद्ध कुनै पनि प्रमाणहरु नभेटिउन् । प्रहरीले घरमा खानतलासी गर्न आउनु अगाडि नै शवको व्यवस्थापन गरी घरभित्रसरसफाइ सिध्याएर बसेको निश्कर्ष निकालेको छ। नरेशले यति सम्म चलाखी गरेकाछन् कि, हरेकपटक उनले(ट्र्यास ब्याग) समात्दाखेरि आफ्नो फिङ्गरप्रिन्ट नबस्ने गरी ग्लोभ्स र नेपकिन पेपरको प्रयोग गरेका छन् । घटनापछि उनले आफ्नो टेस्ला कारसमेत बिक्री गर्न भ्याइसकेका थिए । प्रहरीले यो कार फेला पारेपछि नै फोहोरको रुपमा व्यागहरु डिस्पोज गरेको रहस्य खुलेको हो ।