Breaking

गगन–देउवा एउटै गुट ! यस्ता छन् निकटताका कारण (भिडियोसहित)


काठमाडौँ – पुस्तान्तरण र रुपान्तरको मुद्धाले दुई धुव्रमा पुगेका काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको दूरि घटेको छ । सहकारी प्रकरणपछि एक देखिने थालेका उनीहरुका यो निकटतालाई कतिपयले आगामी महाधिवेशनसँगै जोडेर हेरेका छन् । पछिल्लो पटक देउवाले समेत गगनलाई काखि च्याप्ने गरेको दृश्य नै देखिदाँ के के छन त उनीहरुको निकटतका आधार ?

पार्टिभित्र पुस्तान्तर र रुपान्तरण हुनुपर्ने वसहमा महामन्त्री गगन थापा खरो उत्रिदा सभापतिसँग बढेको दूरि घट्न थालेको छ । थापाको प्रतिवेदन महासमितिबाट पास गर्ने विषयमा होस या सहकारी काण्डमा होस एक ठाँउमा देखिएका उनीहरु उपसभामुख इन्दिरा रानामगर प्रकरणमा पनि देउवा–गगनको मतभिन्नता देखिएन ।

बरु योबीचमा सहकारी ठगीको मुद्धा गगनको मात्र भएको भन्ने चर्चाका बीच संसदीय छानविन समितिको प्रतिवेदलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टिका नेताहरुले उनको राजनीति माथि नै प्रश्न उठाएका थिए । अर्थात रवि दोषी नभए राजनीतिमाबाट सन्यास लिन्छु भन्ने अभिव्यक्तीलाई रास्वपा नेताहरुले बलियो पार्दा देउवाले भने गगनले सहि मुद्धा उठाएको भन्दै स्यावासी नै दिएका थिए ।

यसअघि गगनले प्रस्तुत गरेको साँगठनिक प्रतिवेदनमा समेत देउवा सकारात्मक देखिए । केन्द्रीय समिति बैठकमा बहुमत हुदाँहुदै पनि महामन्त्रीलाई स्वीकारेर जाने बाटो उनले रोजे भने गगन पनि दोहोरो अर्थलाग्ने भाषा प्रयोगका लागि सहमत भए । फलत ः आगामी निर्वाचमा गठबन्धन गरेर जाने वा नजाने भन्ने विषयमा आ आफ्नै व्याख्या गर्ने सुविधा उनीहरुले पाउँदा सभापति देउवाले छनोट गरेका राजदूतमा समेत पार्टीभित्र विरोधको स्वर सुनिएन ।

त्यस्तै माओवादीसँगको गठबन्धन टुट्नुमा माओवादीले गगनकै प्रतिवेदन समेत एक कारण मान्दा उनले व्याख्या गर्दै आएको एमाले काँग्रेस गठबन्धन नै बन्यो । त्यसपछि सरकारमा जान समेत देउवाले उनलाई प्रस्ताव गर्दा गगन नगएपनि उनले चाहेका दुईजना मन्त्री भए । अर्थात यो वीचमा महामन्त्री थापाले केन्द्रीय समितिको निर्णयमा दुईपटक ‘नोट अफ डिसेन्ट’ लेख्नेसम्मको स्थितीबाट गुज्रिएको सम्बन्ध अहिले यति निकट छ कि अर्कामहामन्त्री विश्वप्रकाश शर्माले देउवालाई त्याग गर्न भन्दा समेत गगन अब प्रधानमन्त्री बन्ने पालो देउवाकै भएकोसम्म भन्ने ठाँउमा छन् ।

यसरी हेर्दा उनीहरुको निकटका पछि सहकारी प्रकरण, नयाँ गठबन्धनप्रति महामन्त्रीको सहज स्वीकार, विवाद भन्दा मिलेर सांगठानिक कार्य गर्नुपर्ने दुबैको आत्मबोधले काम गरेको छ । त्यसमा गगनलाई आगामी महाधिवेशन पछि पार्टिको नेतृत्व हत्याउने अभिलाषाले नरम बनाउँदा पार्टिमा बन्दै गएको देउवाको ‘ग्रेसफुल एक्जिट’को पृष्ठभूमिले समेत काम गरेको छ । जहाँ पार्टिको नेतृत्व कोईराला परिवारमा जान नहुने देउवाको बुझाईमा गगनले फाईदा देख्दा यसलाई उत्तराधिकारी बन्ने प्रयासका रुपमा समेत हेरिएको छ । अर्थात पार्टीमा बलियो पकड रहेकाले देउवाले आर्शीवाद दिएको व्यक्ति सभापति बन्ने सम्भावना बलियो हुन्छ । सभापतिमा गगन स्वभाविक प्रत्याशीका रुपमा देखिदाँ आरजु राणाको व्यवस्थापन देउवाको एकमात्र चिन्ता देखिन्छ । जहाँ यसपल्ट उनलाई परराष्ट्रमन्त्रीमा स्वीकारेर गगनले उनलाई अर्को सन्देश दिईसकेका छन् । यताआफै सभापति उठ्ने भन्दै डा.शेखर कोईरालाले बारम्बार दिने अभिव्यक्तिले समेत यो मामला पार्टिको आगामी नेतृत्वसँग जोडिएको बुझ्न गाह्रो छैन् ।

हुन त देउवाले पनि पार्टिलाई एक ढिक्का बनाएर जाने बाटोमा रहेको कर्मकाण्डी अभिव्यक्ति दिईरहेका छन् । तर उनकै गुटमा उत्तराधिकारीको लाईनमा प्रसस्त अनुहार रहँदा नेतृत्वको हदसम्म यो विषय पुग्दा वातावरण सोचेजस्तो सौहार्द हुने सम्भावना कम नै छ । त्यस्तै प्रयोग गर्ने र फाल्ने रणनिनि कायम नै रहँदा युवालाई नभड्काउ भन्ने देउवाको आशानै काम गरेको मात्र पनि हुनसक्छ । यद्यपि चतुर गगनका लागि यो सुवर्ण अवसर भएको नकार्न भने सकिदैन ।