Breaking

कोसी ब्यारेज बस दुर्घटना : २० जनाको गरियो उद्धार


काठमाडौँ – कोसी ब्यारेज पुलबाट खसेको यात्रुबाहक बसबाट २० जनाको उद्धार गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले चालक र सहचालकसहित अहिलेसम्म २० जनाको उद्धार गरिएको जानकारी दिएका हुन् ।

सुनसरीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार, विराटनगरबाट सप्तरी जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस कोसीमा खसेको हो बसमा सवार यात्रुको संख्या यकिन हुन बाँकी छ । अहिले उद्धार कार्य जारी छ ।

बस अनियन्त्रित भई पुलबाट तल खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।