Breaking

सत्ता गठबन्धन टुट्ने भन्दै प्रचण्डले भने– त्यो बेला के गर्ने सोच्नुपर्‍यो


काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको गठबन्धन धेरै नटिक्ने बताएका छन् ।

पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बिहीबार सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सरकारमा जान आफूहरुले हतार नगरेको बताए । तर यो गठबन्धन धेरै नटिक्ने दाबी गरे ।

‘तर उनीहरु मिल्दै छैनन् । मलाई लाग्छ, केही समयभित्रै त्यो अप्राकृतिक गठबन्धन कुहिएर झर्छ’, उनले भने, ‘त्यो बेला के गर्ने भन्ने हामीले सोच्नुपर्ने स्थिति छ ।’