Breaking

२० रुपैयाँदेखि ६ हजार मुल्य पर्ने सामान एकै ठाउँमा, ग्राहकलाई छुटै छुट


यो हो काठमाडौको सुन्धारामा रहेको हाययूडुए बुटिक सिटी मार्ट । दैनिक उपभोग्य घरायसी सामान,महिलाहरुका लागि लत्ताकपडादेखि श्रृङगारका सम्पूर्ण सामानका साथै आफ्ना बालबालिकाहरुका लागि खेलौनाहरु अति नै सस्तो सुपथ मुल्यमा खरिद गर्न चाहनुहुन्छ भने यो मार्ट तपाईको गन्तव्य हुन सक्छ ।

आर एस कलेक्शनले भर्खरै सञ्चालनमा ल्याएको यस मार्टमा दैनिक रुपमा प्रयोग हुने घरायसी प्रयोजनका लागि प्रयोग हुने सामानदेखि महिला बालबालिकाहरुले दैनिक रुपमा प्रयोग गर्ने लत्ताकपडा र श्रृङगारका सामानहरु एउटै छानामुनी खरिद गर्न सक्छन । सबै सामान चीनियाँ उत्पादन भएकाले सस्तो र सुपथ मुल्यका लागि संकोच मान्नै पर्दैन ।

मार्टमा २० रुपैयाँदेखि ६ हजार मुल्य पर्ने सामानहरु ग्रहाकले खरिद गर्न सक्नेछन् । भर्खरै उद्घाटन भएको सो मार्टमा सीमित समयका लागि १० प्रतिशत छुटको अफर पनि ल्याइएको छ । यसका साथै एकपटक सामान खरिद गरेका ग्राहकले दोस्रो पटक आउँदा विशेष छुटको व्यवस्था गरिएको छ ।

नजिकिँदै गरेको नेपालीहरुको महान चाड दशैँ लगायतका चाडवर्प लक्षित विशेष छुटको सुविधा ल्याउने तयारी सञ्चालकहरुको छ । एउटै छानामुनि सस्तो र आफूले खोजेको जस्तो सामानहरु खरिद गर्न पाइनेछ । जुनसुकै वर्गले पनि सामान खरिद गर्न सक्ने मूल्य राखिएको छ । एक पटक सेवाको मौका दिएर त हेर्नुहोस्….