काठमाडौँ—इजरायलको हमास र लेबनानसँगको युद्धले मध्यपूर्व तनावग्रस्त छ । पछिल्लो समय लेनबनानमा इजरायली आक्रमणले गाजा युद्धको झल्को मात्र दिईरहेको छैन त्यहाभन्दा भयावह अवस्था बन्दै गएको छ ।
पेजर र वाकीटकी विष्फोटबाट सुरु भएको इजरायल–ंलेबनान युद्ध घातक हवाई आक्रमणमा परिणत भएको छ । बिहिवार इजरायलको हवाई हमलामा परी दक्षिण लेबनानको टेबनिनमा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन । बिन्त जवेल भन्ने स्थानमा ३ जनाको मृत्यु भएको छ । ज्वोन गाउँमा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । ऐन कनमा ३ जनाको मृत्यु १३ जना घाइते भएका छन । केसुरवनमा ३ जनाको मृत्यु ९ जना घाइते भएका छन् । सयौं सर्वसाधरण हताहत भएका छन् । हिजबुल्लाहका दुई जना शैन्य कमाण्डर पनि मारिएका छन् । बिहिवारसम्म ६ सय बढीको मृत्यु भईसकेको छ भने हजारौ घाइते भएका छन । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच जारी युद्ध झन झन भयानक बन्दै गएको छ ।
हजारौं लेबननी नागरिकहरु आफ्नो सुरक्षाको खोजी गर्दै देश छाडेर भाग्न थालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । हिजबुल्लाहसँग बदला लिन इजरायलले लेबननभरी बमवारी गरिरहेका छन् भने हिजबुल्लाहले पनि इजरायलमाथी आक्रमण तिव्र बनाएको छ । अर्कोतर्फ यही समयमा लेबनानले अमेरिकासँग सहयोगको याचना गरेको छ । बिहीबार हिजबुल्लाहले इजरायलको मुख्यक्षेत्र तेल अभिवमा मिसाइल आक्रमण गरेको छ ।
सेटेम्बर १७ मा लेबननको राजधानी बेरुत सहित देशका विभिन्न भु–भागमा हजारौं पेजर विस्फोट हुँदा लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच चर्किएको द्धन्दले लेबनान दोस्रो गाजा बन्ने चिन्ता समेत बढेको छ । इजरायल हमासबीच जारी युद्धले गाजा अझै तनावग्रस्त छ । पछिल्लो २४ घण्टामा ५३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायलको सैन्य अभियानमा कम्तीमा ४१ हजार ३९१ प्यालेस्टिनीहरू मारिएको तथ्याङ्क छ । तत्काल युद्ध रोकिने छाँटकाँट छैन । युद्ध थप चर्किदै जाँदा स्थिति थप गम्भिर बन्दै गएको छ । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा मध्यपूर्वमा जारी युद्धवारे चिन्ता व्यक्त गरिएको छ । राष्ट्रसंघमा महासचिव एन्टिनियो गुटरेसले पाि यसले सिंगो क्षेत्रमा संकट थप्ने बताएका छन ।
हमाससँगसँगै अहिले हिजबुल्लाहसँग युद्ध लडिरहेको इजरायल हार मान्ने पक्षमा छैन । यहि अवस्था निरन्तर रहे लेबनान दोस्रो गाँजा बन्ने अनुमान हुन थालेको छ । मध्यपूर्वमा जारी युद्ध रोक्ने विश्व समुदाय असफल भईसकेको छ ।
प्रतिक्रिया