राजनीति

प्रचण्डको छटपटी, सत्ता ढाल्न रास्वपा र राप्रपा उचाल्दै, ओलीको ओरालो यात्रामा आक्रमण


काठमाडौँ— विपक्षमा पुगेपछि छटपटिमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता फिर्तीका लागि सग्दो बल लगाईरहेका छन् । त्यसका लागि सरकारमाथि प्रश्न उठाउने हरेकलाई सहयोग गर्दै आएका उनी उचाल्नेसक्ने मुद्धा उचालिरहेका छन् । त्यसका लागि राजावादी भेट्ने देखि जनता उराल्नेसम्मका काममा उनी व्यस्त छन् ।

अमेरिका भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार न्युयोर्कमा आफ्ना कार्यक्रम स्थगित नै गर्न लगाएका । सो दिन प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रवासी नेपालीहरूको तर्फबाट स्वागतको कार्यक्रम तय गरिएको थियो । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क, जनसम्पर्क समिति अमेरिका, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, मधेसी एशोसिएसन इन अमेरिका, गैरआवासीय नेपाली संघ न्यूयोर्क च्याप्टर लगायत नेपाली समुदायको आयोजनामा हुने लागेको सो कार्यक्रममा विरोध हुने सुइँको पाएपछि ओली हच्किएका थिए । अर्थात केही नेपालीले सामाजिक सञ्जालमा ग्रुप बनाएरै कालो झण्डा, कालोमोसो र जुताको माला लगाउने तयारी गरे, यही सम्भावित घट्नाक्रमको सुईको पाएपछि अन्तिममा कार्यक्रम स्थगित गरिएको थियो । जुन विरोध मुलतः प्रतिपक्ष दलसँग आवद्ध माओवादी, रास्वपा र उपेन्द्र यादव लगायतका दलप्रति नजिक रहेका नेता कार्यकर्ताले गर्न लागेका थिए ।

यीनै प्रचण्डले बुधबार खुमलटारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग भेट गरे । प्रचण्डसँगको भेटपछि मिश्रले फेसबुकमार्फत प्रचण्डसँग मनका कुरा भन्दै सात बुँदा उल्लेख गरेका थिए । जनयुद्धकालमै समेत पहिले राजा र पछि दिल्ली प्रयोग गर्ने रणनिति प्रचण्डले उपयोग गरेको तत्थ्यकाबीच अहिले निरिह रहेका उनले राजावादी भेट्नुलाई अर्थपूर्ण रुपमा हेरियो । जसलाई लिएर नेपाल समाजवादी पार्टिका सँयोजक तथा प्रचण्डका पूर्वसहयोद्धा डा.बाबुराम भट्टराईले त बिरालो म्याउँ गरिछाड्को संज्ञा नै दिए । त्यसपछि प्रचण्डको सचिवालयले प्रष्टिकरण नै दिदाँ योबीचमा दूईपटक पूर्वराजानिकटसँग उनले भेट गरेको चर्चा छ । यी दुई घटना र त्यसमा उनको संलग्नताले सत्ताविहिन उनी केसम्म गर्दैछन् र गर्न तयार छन् भन्ने संकेत गर्दा छटपटमा रहेको प्रचण्डले माहोल भड्काईरहेको प्रधानमन्त्री ओलीको यसअघिको आरोपलाई बल पुर्याईरहेको छ ।

हुन त प्रचण्डले सत्ताच्यूत हुने दिन संसदबाटै यसको सँकेत गरिसकेका थिए । दुई ठूला दल मिलेर आफूलाई च्याप्न खोजे देखाईदिने जसरी प्रस्तुत भएका उनले उचाल्न सक्ने मुद्धाहरु संसदमै प्रस्तुत गरे । जसको प्रतिवाद गर्दै एमाले सांसदरुहले विगतको जस्तो नागरिकलाई गुमराहमा राखेर राजनीतिक प्रयोग गर्ने प्रसाय नगर्न चेतावनी नै दिएका थिए । त्यस्तै कहिले श्रीलँका त कहिले वगलादेशको हालत हुन लागेको भन्दै नेताहरुलाई चेतावनी दिएका उनी नागरिक उचाल्न यति व्यस्त देखिएकी कि त्यो दिन आए आफू समेत त्यसको घानमा परिरने वास्तविकता नै भुले ।

त्यसपछि कहिले उपसभामुखको विषयमा रक्षात्मक हुँदै राष्ट्रिय स्वतन्त्र पार्टि उचाल्ने त कहिले सार्वजनिक अभिव्यक्तिमा समानुपातिक समावेशीतलाई मुद्धा बनाउने काम प्रचण्डले गर्दैै आएका छन् । संविधान संसोधन भए देश नै भड्खालोमा जाने जसरी प्रस्तुत भएका उनले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको नामलाई लिएर समेत राजनीति गरिरहेका छन् । विगतमा प्रधानमन्त्री भएका वेला दिएको अभिव्यक्तिले यसैपनि नैतिक दबाबमा रहेका उनी रविलाई सान्त्वना दिदै आफ्नै दुनो सोझाइरहेका छन् । जहाँ योबीचमा हिसा भन्ने शब्दमा मात्रै खेलिररहेका छैनन कि सत्तारूढ दलका नेताहरूले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिहरूको भण्डाफोर गर्न कार्यकर्तालाई आह्वानसमेत नै गरेका छन् ।सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको उल्लेख गर्दै यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताएका उनले जनताले राउण्ड किक नागरिकले देख्ने भन्दै खुल्ला चुनौती नै दिएका थिए ।

हुन त प्रतिपक्षीले सत्तापक्षमाथि प्रश्न उठाउनु अनौठो हैन् । तर जसरी हेट स्पिचको मारमा अहिले ओली छन् त्यहि बाटो प्रचण्ड पनि हिडिरहेका छन् । जुन निराशा बेच्ने नयाँ दलको रणनिति नजिक नदिदाँ भोली सत्तामा पुग्दा यहि वोली र व्यवहार उनलाई पनि भारी नपर्ला भन्न सकिदैन् । फलत ः विपक्षमा पुग्दा उचाल्न सक्ने जति मुद्धा उचालेर सत्तारुढलाई सकस थप्ने उनको बाटो आकाशतिर थुके आफ्नै मुखमा छिटाको नयाँ रुप हो । जुन विगतमा झै सफल हुने सम्भावना समेत अवका दिनमा कम छ ।