Breaking

साहारा सहकारी ठगी प्रकरणमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौँ – प्रहरीको फरार सूचीमा रहेका ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको छ । जीबीविरुद्ध चितवनको साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

यसअघि, जीबीविरुद्ध पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीमा ठगी गरेको मुद्दा दर्ता भइसकेको छ ।

उनीसहित १७ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालय चितवनले सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो ।

जीबी राईले बचतकर्ताको १६ अर्ब दुरूपयोग गर्न यसरी खडा गरेका थिए ‘ठगीको साम्राज्य’
प्रतिवादी बनाइएकाहरूमा सहकारीका संस्थापक अध्यक्ष जीबीसहित सागर केसी, थानबहादुर बुढामगर, कुमार रम्तेल, भुपेन्द्र राई, हेमन्त राई, आशिष आनन्द छन् । त्यस्तै, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, वीरबहादुर रानाभाट, शरण विश्वकर्मालाई प्रतिवादी बनाइएको छ ।

साहारा सहकारीबाट ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख रुपैयाँ अपचलन भएको खुलेको छ । प्रतिवादीहरूमध्ये सागर केसी र कुमार रम्तेल थुनामै छन् । जीबी राई अझै परार छन् ।

विमानस्थलमा रोकिएपछि भारतीय बाटो हुँदै भागेका थिए जीबी राई १
उनलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत ुरेड नोटिसुसमेत जारी भइसकेको छ । उनी मलेसियामा रहेको खुले पनि त्यहाँको प्रहरीले उनलाई पक्राउ गरेर नेपाल फर्काउन इन्कार गर्दै आएको छ ।