Breaking

घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश सिफारिस गर्न लागेको भन्दै बारको विरोध


काठमाडौँ – न्यायपरिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसनले पुनस् आन्दोलन थालेको छ ।

अवकाशमा जान लागेका प्रधानन्याधीशले बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेको भन्दै बारले विरोध जनाएको हो । यसअघि संशोधित नियमावली खारेजीको मागमा ध्यानाकर्षण गराउँदा बार बेञ्च समन्वय समितिको वार्तामा समाधान निकाल्ने सहमति भएकोमा सोविपरीत बिदामा बसेका प्रधानन्यायाधीशबाट न्यायपालिकालाई गम्भीर असर पार्ने निर्णय हुन लागेको भन्दै ध्यानाकर्षण गराइएको बारले जनाएको छ ।

कार्यदलको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, गैर संवैधानिक न्याय परिषद् नियमावली खारेज गर्नुपर्ने, न्यायपालिकामा कानून व्यवसायीको सम्मानजनक सहभागिता सुनिश्चित गर्नुपर्ने, न्यायपालिकाभित्रको विकृति, विसंगतिको अन्त्य गर्नुपर्नेलगायतको माग बारको छ ।