काठमाडौँ – एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
सेप्टेम्बर महिनाको एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको संकेत गरेको हो । यसअघि अप्रिलको आउटलुकमा एडीबीले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरेको थियो ।
दक्षिण एसियामा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर सात प्रतिशत रहने प्रक्षेपण एडीबीको छ । सबैभन्दा कम पाकिस्तानको २.४ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि उत्पादनमा सुधार, उर्जा उत्पादनमा वृद्धि र पर्यटन आगमनमा वृद्धि लगायतले अर्थतन्त्र सुधारमा मद्दत गरेको एडीबीले जनाएको छ ।
मध्यपूर्वमा भूराजनीतिक तनावले द्वन्द्व बढेमा नेपालले पाउने रेमिट्यान्स घट्ने अर्थतन्त्रको चुनौती रहेको एडीबीले प्रतिवेदनमा उल्लेख गरेको छ ।
वैश्विक अर्थतन्त्रमा समस्यामा आएका नेपालको पर्यटन घट्ने र जलवायुसम्बन्धीका ठूला घटनाले पनि नेपालको अर्थतन्त्रमा चुनौती सिर्जना गर्नसक्ने एडीबीले जनाएको छ । समग्रमा एसियाको आर्थिक वृद्धिद्धर पाँच प्रतिशत रहने प्रक्षेपण छ ।
प्रतिक्रिया