देश

अमेरिकामा ओलीको कन्तबिजोक, अपमानित हुँदा मुद्दा ओझेलमा, सुमना र भीम रावलको खुच्चिङ


काठमाडौँ—प्रधानमन्त्री के.पी शर्मा ओली अमेरिकाको न्यूयोर्कमा छन । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाको विभिन्न सत्रमा सम्बोधन, उच्चस्तरीय दुईपक्षीय एवंम सामुहिक साइडलाईन बैठकदेखि अन्तरक्रिया कार्यक्रमहरुमा भ्याईनभ्याई छ । तर बिडम्बना प्रधानमन्त्री हैसियतमा गरेका उच्चस्तरीय कुटनीतिक भेटवार्ता र एजेन्डा नै ओझेल पर्ने गरी प्रधानमन्त्री ओली चौतर्फी आलोचना र प्रहारको केन्द्रमा छन ।
अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै नागरिकको बहिस्कारमा पर्दा अन्र्तक्रिया समेत गर्न पाएनन् । न्यूयोर्कस्थित महावाणिज्य दूूतावासले आयोजना गरेको कार्यक्रम स्थगित नै गर्नुप¥यो । सुरक्षा थ्रेटका कारण ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका लागि आयोजना गरिएको स्वागत कार्यक्रम रद्ध भएपछि हल्लीखल्ली नै मच्चियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साइडलाइन बैठक लम्बिएका कारण कार्यक्रममा नगएको पनि विश्लेषण भईरहेको छ । तर चुरो कुरा त्यहाँ रहेका केहि नेपालीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनदेखि जुत्ताको मालाको भयका कारण सुरक्षा थ्रेट महशुस गर्दै कार्यक्रममा सहभागी नभएका बिषय सार्वजनिक भइसकेका छन् । यो घटना नसेलाउँदै सोमबार कोलम्बिया विश्वविद्यालयमा आयोजना गरिएको वल्र्ड लिडर फोरमको प्रश्नउत्तर सत्रमा सहभागीले सोधेको प्रश्नमा दिएको जवाफका कारण ओली सिकार बन्नुपरेको छ ।
अर्कोतर्फ अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा समयको ख्याल नगर्दा ओलीको माइक नै काटियो ।

बडो उत्साहका साथ अमेरिका पुगेका प्रधानमन्त्री ओली एकपछि अर्को विवाद र आलोचनाको सिकार भइरहेका छन् । सोमबार कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा ओलीले युवाहरुबिना देश विकास असम्भव भएकाले नेपाल फर्कन र उतै रोजगारीका अवसर सृजना गर्ने बताएका थिए । लगत्तै पूर्व शिक्षामन्त्री तथा रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले युवामाथी ओलीले तुच्छ व्यवहार गरेको आरोप लगाइन् । रास्वपाकै उपसभापति डीपी अर्यालले पनि अमेरिकामा आरजु र ओलीले असुरक्षित महसुस गर्नु उनीहरुकै कर्मको फल भन्दै खुच्चिङ गर्न भ्याए ।

प्रतिपक्ष मात्र नभई एमालेकै नेता समेत ओलीविरुद्ध आगो ओकल्दैछन् । नेता भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ओलीको भेटमाथी नै प्रश्न उठाउँदै कालापानी, लिपुलेक र लिम्पियाधूरासहितको चुच्चे नक्साको बिषयमा कुरा नउठाएको असन्तोष पोखेका छन् ।
लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध झेलिरहेका ओली–मोदीको भेटकै लागि कम्ती पापड पेल्नुपरेको थिएन । पटक–पटकको आग्रह र आरजुको ब्यालेन्स कुटनीतिले उनीहरुको भेट भयो । आरजुले आफूभारतको विश्वासपात्र रहेको फेरि एकपटक प्रमाणित गरेकी छिन् । किनभने ओलीलेमोदीलाई नेपाल भ्रमणको निम्तो दिँदा मोदीले भारत भ्रमणको निम्तो दिन चाहेनन् । ओलीले वान टू वान भेट गर्ने रुची राखे पनि मोदील चाहेनन् । तर, तिक्ततापूर्ण सम्बन्ध रहेको अवस्थामा यो भेटलाई नै सम्बन्ध सुधारको सेतुका रुपमा भन्दा पनि आइस ब्रेकको रुपमा मात्रै हेर्नुुपर्ने विज्ञहरु बताउँछन् ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन शुक्रवार न्यूयोर्क पुगेका ओलीलाई साइडलाईन बैठकदेखि औपचारिक कार्यक्रम र अन्र्तक्रियामै भ्याइ नभ्याइ छ । भारतीय प्रधानमन्त्री मोदीसहित भुटानी समकक्षी दासो छिरिङ तोग्बे,संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेस, राष्ट्रसंघको अन्तराष्ट्रिय विकास वित्त निकायका उपकार्यकारी प्रमुख निशा विस्वाल सहित आधा दर्जन बढी साइडलाईन वैठक भ्याईसकेका छन् । ओलीले बिहीबार महासभालाई सम्बोधन गर्दैछन् । तर, उच्चस्तरीय कुटनीतिक भेटवार्ता र एजेन्डा नै ओझेल पार्नेगरी ओली चौतर्फीको सिकार बन्दा प्रतिपक्षीलाई भने आलोचनाका लागि मुद्दा मिलेको छ ।