देश

रविलाई ताक्दै गृह, अरु हकारी ठगलाई उन्मुक्ति, जीबीसहित १७ जनाविरुद्ध मुद्दा, पोखरा हिंड्यो CIB


काठमाडौँ— सहकारी ठगी सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले तयार पारेको सुझाव सहितको प्रतिवेदनको कार्यान्वयनमा सरकार लागिपरेको छ । समितिले कार्वाहीका लागि सिफारिस गरिएका संचलकहरुलाई सरकारले धमाधम पक्राउ गरि आवश्यक सोधपुछ अनुसन्धान थालेको हो ।
सहकारीको रकम अपचलनबारे संसदीय छानविन विशेष समितिले अध्ययन गरी तयार पारेको प्रतिवेदन कार्यान्वयनमा गएको छ । अर्थात, प्रतिवेदन तयार भएको एक हप्तामै सरकार एक्सनमा उत्रिएको छ । समस्याग्रस्त सहकारीका संचालक धमाधम पक्राउ पर्दैछन् । यसको सुरुवात पोखराको सुर्यदर्शन सहकारीबाटै भएको देखिन्छ । समितिले किटान गरेका गोरखा मिडियाका पूर्व चार सञ्चालकहरुमाथि अनुसन्धान गर्न भनेको थियो । त्यसमध्ये छपिवलाल जोशी पक्राउ परिसकेका छन् भने रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर, रविलाई पक्राउ गरी आवश्यक अनुसान्धानको तयारी गरेको सरकार तत्काललाई भने पछि हटेको छ ।

बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मी र वीरगञ्जको सानोपाइला सहकारीबाट गैरकानूनीरूपमा गोर्खा मिडियामा रकम भित्र्याइएको र यो रकम रविसहितका सञ्चालकले खर्च गरेको निष्कर्ष छानबिन समितिले निकालेको थियो । यी सहकारीबाट आएको ६५ करोड रुपैयाँमध्ये धेरैको चेक रविकै नामबाट काटिएको देखिन्छ । यसै आधारमा टेक्दै उनीमाथि कारवाही सिफरिस गरिएको थियो । जसमा रास्वपाकै सांस्द शिशिर खनालको समेत हस्ताक्षर छ । रवि भने अहिले पनि आफूले गल्ती नै नगरेको दबी गर्छन् ।

यता प्रतिवेदन कार्यान्वयनमा गएसँगै चितवनको साहारा बचत तथ ऋण सहकारी संस्थाको बचत अपचलनको अभियोगमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । सो सहकारीबाट ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाखभन्दा बढी रकम अपचलन भएको थियो । तर, विदेशमा रहेका २९ सहकारी ठग नेपाल ल्याउन सरकारलेबारे सरकारले अपेक्षित नतिजा दिन सकिरहेको छैन । किनभने मुख्य भरियाहरुसँगै तथ्य बुझ्न नसकिने पीडितहरुले रकम फिर्ता पाउने बिषय निश्चित हुन सकेको छैन । सहकारी प्रकरण राजनीतिक मुद्दा पनि बनेकाले सरकारले पोखराको सूर्यदर्शनबाटै बिषय उधिनेको छ । प्रहरीलाई कुनै दबाब प्रभावमा नराखि काम गर्न दिए सबै सहकारी ठगहरु कानुनी दायरामा आउने पूर्व प्रहरी अधिकारीहरु बताउँछन् ।

यता मितेरी सहकारीको रकम अपचलनबारे अनुसनधान गरिरहेको सीआईबी पनि सुर्यदर्शनकै अनुसन्धानका लागि पोखरा हानिएको छ । अर्थात, सरकारको सबै शक्ति पोखराकेन्द्रित बन्दा अन्य तीन दर्जन बढी सहकारीको मुद्दा ओझेलमा पर्ने जोखिम पनि उत्तिकै छ । किनकी राजनीतिक स्टन्टका लागि प्रतिवेदनको केही अंश कार्यान्वयनको नाटक गर्ने चरित्र पुरानै हो । सहकारी पीडितलाई न्याय दिलाउनुको अर्थ ललितपुुरको मितेरी र मोरङको उमागौरी सहकारीको रकम ठगीको पनि अनुसन्धान गर्नु हो । जहाँ थप अनुसन्धान गर्न समितिले नै भनेको छ । कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता तथा लेखा समिति सभापति ऋषिकेश पोखरेल यी प्रकरणमा मुछिएका छन् । त्यसतर्फ तदारुकता देखाउँदै पीडितको रकम फिर्ता गराउनु र सहकारी समस्या समाधान गर्नु नै छानविन समितिको प्रतिवेदन सफलताको मानक हो । सुन तस्करी प्रतिवेदन लुकाएझैँ लाखौँ बचतकर्ताको बिचल्ली हुनेगरी सहकारी प्रतिवेदन पनि दराजमा नथन्क्याइयोस् ।