देश

प्रचण्डले राजा सम्झिए, अघिल्लो दिन बाझेका मिश्र किन प्रचण्डको दैलोमा ? के छ स्वार्थ ?


काठमाडौँ— एकले अर्काको अस्तित्व स्वीकार्नै नसक्ने राप्रपा र माओवादीबीचको भेट सामान्यतया असान्दर्भिक नै लाग्छ । तर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन देशबाहिर रहेकै समय वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेट चर्चामा छ । दुुबैले देश यथास्थितिमा अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दा राप्रपा र माओवादीको पथ एउटै हुन लागेको त होइन? भन्ने जिज्ञासा बढेको छ ।
मंगलबार बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकाल दाहाल ‘प्रचण्ड’सँग भेट भएको तस्बिर सार्वजनिक गरे । गणतन्त्र र संविधान ल्याउन मुख्य भूमिका खेलका प्रचण्डलाई व्यङ्ग्य गर्दै संविधान दिवसका दिन घरको बत्ती निभाएर सांङ्केतिक विरोध जनाएका मिश्रले दरबार मार्गको नाम हटाएर लाई प्रचण्ड मार्ग नै राख्नुपर्ने सम्मको टिप्प्णी गरेका थिए । त्यसैको ठिक पाँच दिनपछि मिश्र प्रचण्डलाई भेट्न उनकै निवास पुगे । राजनीतिको दुई ध्रुवमा परस्पर विरोधी खेमामा बाँडिएका राजावादी र माओवादीबीचको यो अस्वाभाविक भेटमा राजनीतिक छलफल पनि भएको छ । देशमा राजतन्त्र फर्काउने राप्रपाको विचारसँग अहिले नै सहमत हुने अवस्थामा नपुगे पनि यथास्थितिबाट अब नचल्ने निष्कर्षमा पुगेका छन् । प्रचण्डले पनि “निरन्तरतामा क्रमभङ्गता” अत्यावश्यक रहेको महसुस गरेको मिश्रले सार्वजनिक गरेका छन् । मिश्र खुमलटार पुग्नुअघि सोमबार एउटै सार्वजनिक कार्यक्रममा दुई नेताबीच घेचपेच नै चलेको थियो । त्यही नोकझोंक माझामाझ गर्न खुमलटार पुगेका मिश्रले सशस्त्र द्वन्द्व हुँदा र शान्ति सम्झौतापछि खुला राजनीतिमा आईसकेपछि पनि प्रचण्डकै वरपर मात्र राजनीति घुमिरहेको बताएका थिए ।

कांग्रेस र एमाले मिलेपछि एकले अर्काको अस्तित्व स्वीकार्नै नसक्ने हुँदा राप्रपा र माओवादी आत्मसमीक्षा गर्ने ठाउँमा पुगेका छन् । विचार, सिद्धान्त र एजेण्डामा एकीकृत नभएका माओवादी र राप्रपा प्रतिपक्षमा बसेर सत्ता पक्षसँग भिड्न मुद्दामा एक हुन खोजेको मिश्र– प्रचण्डको मन माझामाझले पनि संकेत गर्छ । अर्थात साना दलको औचित्य सकाउन कांग्रेस–एमाले लाग्दा सडकदेखि सदनसम्मै एक कित्तामा उभिन खोजेको संकेत गरेका छन् ।

माओवादीकै कारण राजतन्त्र गएको राप्रपाको ठम्याई छ । त्यसैले राजावादीले प्रचण्डलाई आफ्नो स्थायी शत्रु नै मात्रे गर्छ छ । माओवादीले राप्रपाको अस्तित्व सकिदिएको र अब कांग्रेस एमाले मिलेर माओवादीकै अस्तित्व सक्न लागि पर्दा माओवादी झस्किएकै छ । मिश्रसँगको भेटमा प्रचण्डले राजाकै पालामा विकासको मोडेल देखिएको र आवश्यक परे राजासँगै पनि मिल्नुपर्ने पक्षमा बिगतदेखि नै आफू सकारात्मक रहेको बिषय भने अर्थपूर्ण छ । बाइट…डा.प्रमोद अर्याल, राजनीतिक विश्लेषक
राष्ट्रिय दल बत्र १० प्रतिशत थ्रेसहोल्ड अनिवार्य गर्न संविधान संशोधनका लागि अघि बढेका दुई ठूला दलको योजना सफल भए राजनीतिले नयाँ ध्रुव पक्रने पक्का छ । त्यसैले अप्ठ्यारोमा परेका माओवादी र राप्रपाका दुई शीर्ष नेताको संवादमात्र व्यक्तिगत रुपमा नै सीमित हुन्छ कि यसले थप अन्य राजनीतिक रङ्ग पनि ल्याउछ, त्यसका लागि केही समय अवश्य नै लाग्नेछ । तर, यो अस्वाभाविक भेटले भने मिश्र र प्रचण्डपथ दोबाटो बनेर एकैतिर सोझिने त होइनन् भन्ने आशंकामा बल पुगेको छ ।