राजनीति

मौन रहेका गृहमन्त्री लेखक आक्रामक, रवि पक्राउ परीक्षा, कसरी चलाउँदैछन् प्रहरी ?


काठमाडौँ— सहकारी ठगीमा रवि लामिछानेको सँलग्न भएको विषय उत्कर्षतर्फ अघि बढ्दा गृहमन्त्री रमेश लेखकको परिक्षा शुरु भएको छ । हिजो संसदमा प्रमाण छ भन्दै उठाएको विषय देखि जीवी राई पक्राउसम्म गर्नुपर्ने उनको बाध्यता बन्दै छ । त्यस्तै हिजो रविको पक्षमा देखिएको प्रहरी नेतृत्वकै साथ लिनुपर्ने अवस्था रहँदा कसरी परिक्षण हुँदै छन् त गृहमन्त्री ?


प्रतिपक्षमा हुँदा रवि लामिछाने विरुद्ध प्रमाण नै प्रमाण रहेको भन्दै उफ्रिएका वर्तमान गृहमन्त्री रमेश लेखकको परिक्षाको घडि शुरु भएको छ । हकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाएपछि त्यसको कार्यान्वयको विषय उनको हातमा पुगेको छ । फलत ः जीवी राईसहित फरार पक्राउ गर्ने देखि रविविरुद्धकै प्रमाण पुर्याउने काम पनि सरकार कै हो । जहाँ रवि पक्राउ नै पर्ने विषय चर्चामा आउँदा समितिले नै सहकारीको विषयमा क्लिन चिट दिएका उनलाई किन पक्राउ गर्ने भन्ने प्रश्नको चिक्तबुझ्दो जवाफ गृहमन्त्री लेखकले दिनुपर्ने छ । हुन त गोरखा मिडियाका उनका साझेदारहरुमाथि संगठित अपराधको मुद्धामा समेत छानविन हुँदा रवि पनि त्यसमा समेटिने अवस्था छ ।

तर सहकारी ठगीमै नाम जोडिएका काँग्रेसका उपसभापति धनराज गुरुङ पक्राउ पर्छन कि पर्दैनन्,सहकारीबाटै गैरकानुनी ऋण खाएका रवि जस्तै अरु ठूला ऋणी पक्राउ पर्छन कि पदैनन् ? यो प्रश्न समेत छ । यी सबैलाई पक्राउ गरे एमाले काँग्रेसमै पहिरो जाने अवस्था रहँदा कसैमाथि दोष थुपारेर हजारौँ नागरिकलाई न्यायबाट बन्चित गराउन सरकारसँग कुनै बहाना छैन् । यसको अर्थ रवि कारबाहीमा पर्नु हुँदैन भन्ने भन्दा उनी पर्दा जोडिएर आउने अरुको हालत के हुन्छ भन्ने यसले चासो बढाएको छ । यसले रवि विरुद्ध प्रमाण नै प्रमाण छ भन्दै संसदमा उफ्रिएका नेता र उनमाथि कारबाही भए सहकारी ठगी नै सल्टिने भाष्य निर्माण गर्नेहरुका लागि यो प्रतिवेदन र रविमाथिको कारबाहीको प्रयास निल्नु न ओकल्नु बन्ने अवस्था छ ।

मुख्य कुरा त सहकारी पिडितको पैसा फिर्ता हुने अवस्था नै अहिले छैन् । त्यस्तै आफैले उठाएको विषय भएकोले प्रतिवेदनलाई कार्यान्वयमा लग्नै पर्ने बाध्यतामा लेखक छन् । तर यो हिजो रवि गृहमन्त्री हुँदा कृष्णबहादुर महरा पक्राउ गरेर छाड्ने तथा स्टण्ड गरे जस्तै अवस्थामा त पुग्दैन् ? प्रश्न त्यो पनि छ । यदि त्यसो भए उनले रविविरुद्ध राजनितिक तुष पोखेको पक्का हुने हुँदा हिजो आफैले निर्दोष भन्दै समिति नै बन्न नदिने बाटोमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिकता के हुन्छ अर्को प्रश्न छ । त्यस्तै यी बाहेक अन्य ठूला फायल । त्यसमा पनि विशेषत एमाले काँग्रेस एक ठाँउमा उभिनुको कारण नै नक्कली भुटानी शरणार्थी प्रकरण भएको भाष्यकाबीच यसको पनि उचित उत्तर दिने गरि काम गर्नुपर्ने दवावमा लेखक छन् ।

नयाँलाई चलाएको तथा ठूला दल नै मिलेको अहिलेको अवस्थामा थोरै तलमाथि भएका त्यो प्रत्युत्पादक बन्ने प्रवल सम्भावना हुँदा अनुसन्धानको जिम्मा पाएको नेपाल प्रहरीको नेतृत्व नै नैतिकताको प्रश्नमा छ । अर्थात हिजो संसदीय समितिमै रवि निर्दोष रहेको दाबी गर्ने प्रहरी महानिरिक्षक वसन्त कुँबरकै नेतृत्वमा प्रहरी रहँदा यो अनुसन्धानमा कसरी विश्वास गर्ने भन्ने अर्को प्रश्न छ । जहाँ उनीमाथि कारबाही गर्न वा राजिनामा नै दिन सक्ने बाटोमा सरकार बढ्ने हो त भन्ने अर्को प्रश्न यसले उब्जाउदाँ रविमाथि कारबाही भए नै सहकारी पिडितको पैसा फिर्ता गर्ने ग्यारेन्टि कसरी गर्छन ? धेरैको चासो र प्रश्न गृहमन्त्रीमाथि छन् ।

सरकार रविको पछि लागेको कि सहकारी पिडित नागरिकको पक्षमा लडेको प्रष्ट भईसकेको छ । तर अबको केहि दिनमै यो अझ दुधको दुध पानीको पानी हुने अवस्था रहँदा विपक्षी एक ठाउमा उभिने अवस्था समेत यसले सिर्जना नहोला भन्न सकिदैन । यसले अर्को राजनीतिक परिदृश्य निर्माण हुने अवस्था रहँदा केपी ओलीको सहानुभूति रवि प्रति रहँदै आएको छ । फलत ः चौतर्फी प्रश्नको घेरामा रहेका गृहमन्त्री अहिले तरबारको धारकै अवस्थामा देखिन्छन् । जसलाई कसरी पार लगाउँछन् भन्ने विषयमा उनको परिक्षण हुने अवस्था रहँदा यो सरकार नयाँ शक्तीको डर र काण्ड व्यवस्थापनको उपज भएको प्रमाणित गर्छन् कि प्रश्नको उत्तर दिन्छन् त्यो भने भविष्यले नै बताउने छ ।