देश

दुर्गा प्रसाईं रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन


काठमाडौँ— साइबर अपराध आरोपमा अनुसन्धानका लागि पक्राउ परेका दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

आज दिउँसो एक समूहले राष्ट्रिय झण्डासहित माइतीघरको सडकमा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले प्रसाईंलाई रिहा गर्न माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । उनी विरामी भएका कारण वीर अस्पतालमा भर्ना भएका छन् ।