Breaking

ऐतिहासिक पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा स्वागत


काठमाडौँ – चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् ।उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन ।