Uncategorized

अमेरिकामै ओलीमाथि थ्रेट, मुर्दावादको नारा र कालो झण्डा


काठमाडौँ – प्रधानमन्त्री के.पी शर्मा ओली अमेरिकाको न्यूयोर्कमा छन् । विभिन्न सत्रमा सम्बोधन र उच्चस्तरीय साइडलाइन वार्तामा व्यस्त प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलले नेपाली समुदायसँग भने अन्तरक्रिया हुन सकेन । देशमा मुर्दावाद खेपेका प्रधानमन्त्री विदेशमा समेत आफ्नै नागरिकबाट असुरक्षित महशुस गर्दै कार्यक्रम नै स्थगित गरिएको छ ।

स्वदेशमा रहदा सामाजिक सञ्जालदेखि सडकबाट खेदिँदा सुरक्षा थ्रेट देखेका प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा पनि त्यही वातावरणको सामना गर्नुपरेको छ । अर्थात विदेश भ्रमरणमा रहेका बेला समेत प्रधानमन्त्री ओली नेपालीहरुबाटै लखेटिनुप¥यो । कालो झण्डाको डरले कार्यक्रम नै स्थगित गरे भने जसोतसो जुत्ताको मालाबाट जोगिए । अमेरिकामा रहेका केही समूहले कालो झण्डा देखाउने, जुत्ताको माला लगाउने छनक पाएपछि नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले आयोजना गरेको स्वागत कार्यक्रम नै अन्तिम समयमा स्थगित हुन पुग्यो ।

संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा सहभागी हुन शुक्रवार अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाको स्वागतका लागि नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रम स्थगित गरेको हो । सामाजिक सञ्जाल ओलीको विरोधका लागि तयार पारिएका योजनाहरु नै सार्वजनिक भइरहेका छन् ।

हुन त प्रधानमन्त्री ओली भदौ ३१ गते यन्द्रजात्रामा सहभागी बेएका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको तस्बिर अंकित टिसर्ट लगाएपछि सुरक्षा थ्रेट महसुस गरेर पक्राउ गरिएको थियो । त्यसपछि प्रहरीले संविधान दिवसको दिन आयोजना गरिएको नेशनल डे कन्सर्टमा सुरक्षा थ्रेट भउकाले नजान सझाएको थियो । तर, ओलीभने सो कार्यक्रममा पनि उपस्थित भएका थिए । त्यहा पनि उनीविरुद्ध नारावाजी भएको थियो । यही श्रंखलाको निरन्तरता अमेरिका भ्रमणका क्रममा पनि देखियो ।

प्रधानमन्त्री ओली यही कार्यक्रमलाई सम्बोधन गर्नका लागि एक साथता अगाबै अमेरिका पुगेका थिए । महासभामा असोज १० गते मात्र सम्बोधनको कार्यसूचि रहेको छ । महासभाको सम्बोधनमा प्रधानमन्त्री नै उपस्थित हुनु पर्ने बाध्यकारी व्यवस्था समेत छैन । विज्ञहरु पनि प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था भएकाले यो तडकभडक नै बढी भएको तर्क गर्छन् । परराष्ट्रमन्त्री आरजु राणा केही दिन अघिदेखि नै क्यानडामा थिइन् । उनैलाई महासभामा पठाउन सकिने भए पनि दुई दर्जन ठूलो टोली आवश्यक नै नरहेको तर्क गर्छन् ।

हुन त गत मंसिरमा पनि संकल्पयात्राका क्रममा धनकुटामा ओलीमाथि मुक्का प्रहार भएको थियो । त्यस समयमा कोशीका पहिचानवादी पक्षधर एमालेप्रति क्रुद्ध थिए । अहिले समाजिक सञ्जालमा बालेनविरुद्ध जोरी खोज्दा ओली निसानामा छन् । जति तामझामका साथ ओलीको बिदाई भयो र अमेरिका ओर्लिए त्यत्तिकै खल्लोपना बोकेर ओली स्वदेश फर्किदैछन् । अर्कोतर्फ प्रधानमन्त्री ओलीलाई नै मुख्य वक्ता बनाएर कार्यक्रममा बोलाउने र अतिथि बालाएर अपमान गर्नु अमेरिकास्थित नेपालीहरुका लागि पनि राम्रो सन्देश होइन । तर, चौतर्फी आलोचनाको शिकार बनेका प्रधानमन्त्री ओली इतिहासमा नै विदेशमा बेइजत खेप्ने प्रधानमन्त्री पनि बनेका छन् ।