Uncategorized

तात्यो सडक आन्दोलन ! दुर्गा र रवि कार्यकर्ता उचाल्दै, प्रहरीलाई सुरक्षा चुनौती


सहकारी ठगीमा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कार्यकर्ता सडक संघर्षकै तयारीमा छन् । अर्कोतर्फ व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा पनि सडक तातेको छ ।

लामो समयदेखि खासै ठूलो सडक आन्दोलन नदेखिएका बेला पछिल्ला रजानीीतक घटनाक्रमले भने सडक तात्ने देखिन्छ । त्यसको संकेत पछिल्ला दुई घटनाले गरिसकेका छन् । भ्रष्टाचार र बेरोजगारीले नागरिकमा पदा भएको असन्तोष पैदा हुने थालेका बेला चर्चामा रहेका पात्रहरु नै गिरफ्तारीमा पर्न थालेपछि सडक तात्ने संकेत देखिएको हो । र, त्यो आक्रोशको भंग्रोमा स्वयं सरकार र सत्तारुढ पार्टीका नेताहरु नै पर्न थालेका छन् । फलतः सार्वजनिक स्थल र मञ्चमै उनीहरु विरुद्धको स्वर बलियो बन्दै गइरहेको देखिन्छ ।

हुन त छेमेकी मुलुकहरु श्रीलंका र बंगदलादेशको विद्रोहले पनि नेपालमा केही प्रभाव भने पारेको देखिन्छ । युवाहरु स्वस्फूर्त रुपमै सरकारलाई खवरदारी गर्न थालेका छन् । तर, त्यो खबरदारी अराजकतामा बदलिने संकेतहरु देखिन थालेका छन् । यसैको पुष्टि पछिल्ला दुई घटनाले पनि गर्छ । रास्वपा सभापति रवि लामिछानेलाई सरकारले सहकारी प्रकरणमा पक्राउ गर्ने तयारी रहेको सूचना बाहिर आए लगत्तै कार्यकर्तार्लाइ केन्द्रीय कार्यालयमै डाँकियो र आफू पक्राउ परे शशक्त प्रतिवाद गर्न निर्देशन दिइयो । फलतः कायकर्ताहरु पनि रवि पक्राउ गरिए हातमा दही जमाएर आफूहरु पनि नबसेको बताउन थालेका छन् ।

हुन त चरम निराशाका कारण जनताको धैर्यताको बाँध फट्न थालेको रुपमा समेत कतिपयले अथ्र्याउने गरेका छन् । त्यही निराशामा खेल्दै आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न लागेका मेडिकाल व्यवसायी दुर्गा प्रसाईं पनि साईबर ब्यूरोको हिरासतमा छन् । केही समयअघि राजा फर्किए आफू प्रधानमन्त्री बन्ने र सहकारी–लघुवित्तका ऋणीहरुले ऋण तिर्न नहुुन अभियान चलाएका प्रसाईंलाई पक्राउ गरिएको भन्दै आन्दोलनकारीको समूहले झापामा ट्रक नै जलाएको थियो । प्रसाईं रिहा नभएसम्म आन्दोलन जारी रहने अडानमा उनीहरु पनि देखिन्छन् ।

हुन त नागरिकले सरकारसँग धेरै ठूला–ठूला अपेक्षा गरेका छैनन् । बरु उनीहरुले सुशासन मागेका हुन् । विशेष गरी शिक्षा, स्वास्थ्य र रोजगारजस्ता विधामा सुनिश्चितता खोजेका हुन् । तर, यसबारे आशा गरिएका पात्र नै पक्राउ पर्न थालेपछि सडक गर्माउने संकेत देखिएको हो । हुन त यसअघि पनि काठमाडौंका नदी किनारमा थप २० मिटर छाड्ने सर्वोच्चको मापदण्डविरुद्ध स्थानीय प्रदर्शनमा उत्रिएका थिए । काठमाडौंको माइतीघर मण्डलामै दैनिक पर्दशन भइरहेका छन् ।

संविधान दिवसकै दिन भएको दलित आन्दोलनदेखि स्वस्फूर्त युवाहरु बालुवाटार कब्जा गर्नै भन्दै गएका आन्दोलनहरुले थप बढावा पाउनेछ । सरकार यी आनदोलनका मागहरु सम्बोधन गर्नुको साटो नजरअन्दाज गर्दा थप समस्या देखिन्छ । अहिले शीर्ष नेता र राष्ट्रप्रमुख देश–विदेश जहाँ गए पनि असुरक्षित बन्ने अवस्था आएको छ । र, त्यो आक्रोशलाई आफ्नो फाइदामा प्रयोग गर्न कही अभियन्ता र पार्टीहरु नै हौसिएका देखिन्छन् । आफूले गरेका गल्ती लुकाउन भीड उछाल्न अग्रसर भएको देखिन्छ । जुन अर्को घातक पक्ष हो ।