Breaking

रविमाथि प्रहरीको घेरा, छविले नै ताने, आन्दोलनले कतिन्जेल थेग्छ ?


काठमाडौँ – सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछाने निगरानीमा छन् । उनीविरुद्ध कास्पी अदालतबाट पक्राउ पुर्जी पनि जारी भइसकेको छ । तर, लामिछाने भने अनुसन्धानमा सहयोग गरेर आफूलाई निदोष सावित गर्नेभन्दा प्रतिषेध भन्दै कार्यकर्ता उच्क्याइरहेका छन् ।

पूर्व सहकर्मी छविलाल जोशी पक्राउ परेसँगै प्रहरीको सुई पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रावि लामिछानेतर्फ सोझिएको छ । भाग्ने सूचना पाएपछि प्रहरीले गोरखा मिडिया नेवटर्कका सञ्चालक जोशीलाई पक्राउ गरेको थियो । अहिले उनै जोशीलाई कास्की अदालतमा उपस्थित गराएर वयान लिइएको छ । सहकारीको रकम अपचलनमा संसदीय छानविन समितिले जीबी राई, छविलाल जोशी, कुमार रम्तेल र रवि लामिछानेविरुद्ध कारवाही सिफरिस गरेको थियो । जसमध्ये जीबी फरार सूचीमा छन् भने रम्तेल कास्की प्रहरीकै हिरासतमा छन् ।

हिजोमात्रै पक्राउ परेका जोशी र रविमा कमा, फुलस्टपको मात्रै फरक हो । अर्थात, अब पक्रिने पालो रविकै हो । हिजै कास्की अदालतले रविविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ । अब पक्राउ पर्ने टुंगो लागिसकेको बुझेका रविले साझै कार्यकर्ताहरुलाई बनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टीघर बोलाएका थिए । कार्यकर्ताहरुलाई उनले आफूले केही पनि नबिराएको र षड्यन्त्रविरुद्ध जुनसुकैहदसम्म भए पनि जान निर्देशन दिएका छन् ।

गृहमन्त्री रमेश लेखकको एक्सनले सहकारी ठगीमा छानविन समितिको प्रतिवेदनले नै आफ्ना सभापति निर्दोष देखाएको भन्ने रास्वपाका नेता कार्यकर्ताको मनमा चिसो पसेको छ । फलतः आफू पक्राउ पर्नसक्ने सुइँको पाएरै कार्यकर्ता उचाल्न सजिलो हुने देखेर रास्वपाले क्लिन चिटको प्रचार गरेको अर्थमा पनि बुझ्न थालिएको छ ।

यहीबीचमा रविले सहकारी प्रतिवेदनका तथ्यलाई नजरअन्दाज गर्दै विगतमा प्रहरी, प्रधानमन्त्री,विपक्षी दलका नेता र महान्यायाधीवक्ताले नै क्नि चिट दिएकाले अहिले पक्राउ पुर्जी जारी हुनुललाई प्रतिषोध भनेका छन् । तर, सहकारी समितिले मात्रै दोषी निर्दोष किटान नगर्ने तथा प्रहरी अनुसन्धान चलिरहेको र सहकारीमा वयान दिएकै भोलिपल्ट प्रहरीसँग पनि वयान दिएके बिर्सिएका लामिछाने अहिले भीड उचाल्ने अवस्थामा पुगेका छन् ।

हुन त लामिछाने प्रहरीले पक्राउ नै गरिहाले पनि पार्टी कार्यालयबाटै हुने मनशायमा छन् । यही कारण उनले दुई पटक कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएका छन् । प्रहरी पनि पक्राउ गरिहाल्ने मनशायमा रहदा रविका समर्थकहरुले पक्राउ गर्दा हुने सम्भावित परिस्थितीको विश्लेषण गर्दै प्रहरी मौका कुरिरहेको छ ।

अर्कोतर्फ रवि गृहमन्त्री भएकै बेला प्रहरी महानिरीक्षक बसन्त कुँवरले उनलाई क्लिन चिट दिएका थिए । आज उनै रविलाई पक्राउ गर्नुपर्ने भएपछि कुँवर सोमबारै ग्रिस उडेका छन् । संसदको अधिवेसन पनि अन्त्य भइसकेको अवस्थामा उनलाई पक्राउ गर्नका लागि प्रहरीलाई पनि यो उपयुक्त समय हो । रवि भागेर कतै गइहाल्ने सम्भावना पनि तत्कालै हुँदैन । यीनै कारण छवि तत्काले पक्राउ परिहाले पनि रवि राजनीतिक व्यक्ति भएकाले पक्राउमा केही ढिलाई हुन्सक्छ ।

हुन त नेपालमा सत्तारुढ दलकै नेतामाथि कारवाही, सोचभन्दा बाहिरको बिषय बनिसकेको छ । अहिले नै पनि गिरीबन्धु जग्गा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली, भुटानी शरणार्थी काण्डमा परराष्ट्रमन्त्री आरजु राणाको नाम जोडिएको छ । उनीहरुले सत्तामा भएकै कारण छुट पाइरहेको तथ्य सत्य हो । तर, कांंग्रेस सरकारमै भएका बेला पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जेलको हावा खानुप¥यो । कांग्रेस कार्यकर्ताले सरकारको विरोध गरेनन् । टोपबहादुर रायमाझी पक्राउ पर्दा न एमाले नेता कार्यकर्ताले रोक न प्रतिवादका लागि भनियो ।

माओवादी सत्तामै भएका बेला उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा रवि लामिछाने गृहमन्त्री भएकै बेला पक्राउ परेका हुन् । त्यहा पनि विरोध भएन । प्रमाण पुग्ने अहिले पनि जेलमै छन् । कोही धरौटीमा छुटे । अब अहिले त्यही अवस्था रास्वपा सभापतिमाथि आउँदा त्यसलाई प्रतिषोध बुझेर कार्यकर्ता उचाल्नुभन्दा अनुसन्धानमा प्रहरीलाई सघाउनु नै रास्वपाको सही बाटो देखिन्छ । अझ रविले क्नि चिट पाएकै हुन् भने प्रहरीसमक्ष आत्मसमर्पण गरी अनुसन्धानमा सघाउन के समस्या ? दोषी देखिए सहकारी पीडितले न्याय पाउनेछन् । निर्दोष देखिए रवि लामिछानेले ।