Breaking

पूर्वडीआइजी छविलाल ५ दिन हिरासमा रहने


काठमाडौं । सहकारीको रकम ठगि प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो ।

उनी गोरखा मडियाका सञ्चालक मध्ये एक सदस्य हुन् । जोशी सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा संलग्नता रहेको आरोपमा हिजो काठमाडौंबाट पक्राउ परेका हुन् ।

काठमाडौंबाट पक्राउ परेका जोशीलाई हिजो पोखरा पुर्याएको थियो । उनलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो ।