समाचार

दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च मुद्दा दर्ता


काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । आज वारेस नारद खवासमार्फत प्रसाईंले सोमबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन्।

दुर्गा हिजो आफ्नै निवासबाट पक्राउ थिए । उनी गयराति नै वीर अस्पतालमा भर्ना भएका थिए। उनलाई काठमाडौँ जिल्ला अदालतले तीन दिनको म्याद थप गरेर हिरासतमा राख्ने अनुमति दिएको थियो।

प्रसाईंलाई पक्राउ गरेको विरोधमा समर्थकहरूले काठमाडौँ, झापा लगायतका ठाउँमा विरोध प्रदर्शन पनि गरेका छन्। विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगायतका विषयको आरोपमा प्रसाईंविरुद्ध जाहेरी परेको थियो ।