अपराध

हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ


धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ परेका छन् । उनीहरु गयराति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए ।

भागेका आठ जनामध्ये थप तीन जनालाई प्रहरी धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यवहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की रहेका छन् ।

लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र धनुषाको औरही गाउँपालिका २ का २३ वर्षीय विशाल मुखिया, अभद्र व्यवहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका १ का १७ वर्षीय सुमित मेस्तर र नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल अझै फरार छन् ।

फरार रहेका अन्य कैदीको खोजि भइरहेको प्रहरीले जनाएको छ ।