Breaking

पूर्वडीआईजी जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराईयो


काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

हिजो काठमाडौंमा पक्राउ परेका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो । विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ ।

गृहमन्त्री रमेश लेखकले हिजो सहकारी प्रकरणमा मुछिएकामाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएकाथिए ।