Breaking

काभा महिला क्लब च्याम्पियन नेपाल पुलिस क्लबलाई विमानस्थलमा भव्य स्वागत


काठमाडौँ – काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत गरिएको छ।

स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३(० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।

पहिलो सेट २५(१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५(२२ र तेस्रो सेट २५(२३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा सफल भएको हो ।