Breaking

रवि र धनराजको काण्ड उस्तै हो ?कांग्रेसले कारबाही माग्दा रास्वपा–माओवादी किन चुप ?


काठमाडौँ – कांग्रेस उपसभापति धनराज गुरुङ सहकारी ठगीमा मुछिएपछि चौतर्फी घेरामा परेका छन् । नाम मुछिएपछिसंसदीय छानविन समितिले पनि उनीमाथि थप अनुसन्धान गर्न भनेको छ । स्वयं गुरुङले आमेत आफूमाथि अनुसन्धान गरिदिन मागेका छन् । सीआईबीले पनि उनी मुछिएको सहकारीबारे छानविन गरिरहेको छ । तर, राजनीतक रुपमा भने प्रतिपक्षीले उठाउनुपर्ने बिषय उनकै पार्टीका नेताहरले उठाइरहेका छन् । जुन नीकै रोचक छ ।

‘ओराली लागेको हरिणको चाल भो’ भनेझैं अवस्थामा छन्–कांग्रेस उपसभापति धनराज गुरुङ । सहकारीको रकम ठगीमा नाम जोडिएपछि अहिले धनराज उनकै पार्टीका पदाधिकारीबाट खेदिन थालेका छन् । कानुनमन्त्री बन्दासम्म निष्ठाको राजनीतिको ध्वास लगाउने गुरुङ आफ्नै अनुहारमा कोलो पोतिएपछि थप निष्ठा सिकाउन नसक्ने अवस्थामा छन् । ललितपुरस्थित मितेरी सहकारीको करिव १५ करोड रकम हिनामिनामा गुरुङकी पूर्व पत्नी ज्योती संलग्न रहेको र त्यसबाट धनराजले पनि लाभ लिएको भनेर सहकारीका अध्यक्षकुम्भराज गुरुङले सार्वजनिक वयान नै दिएका छन् ।

यस्तै अवस्थामा उनीमाथि अनुसन्धान को माग भइरहेको छ । गृह मन्त्रालय कांग्रेसकै नेतृत्वमा छ । अहिले माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका लागि यो ठूलो मुद्दा हो । रास्वपाका सभापति स्वयं सहकारीबाट गोर्खा मिडियामा आएको रकमको भागिदार बन्ने बिषय प्रतिवेदनले नै औंल्याएपछि नेता कार्यकर्ता उनकै प्रतिकारमा उत्रदा धनराजको बिषय ओझेलमा परेको छ । तर, कांग्रेसकै नेताहरु उनीमाथि अनुसन्धान गर्न माग गरिरहेका छन् । अझ महामन्त्रीद्वयहरुले त खुल्ला चुनौती नै पस्किरहेका छन् ।

हुन त पत्नी ज्योतीसँग २०७६मै सम्वन्धविच्छेद गरिसकेकाले उनको ठगीको भागिदार आफू नबन्ने बताइरहेका छन् । तर, डिभोर्स नै सहकारी डिभोर्स गरेको भन्दै छानविनको माग भइरहेको छ । हुन त धनराज पार्टीमा पनि संस्थापन इतर वा शेखर–गगन पक्षका मानिन्छन् । तर, गगन संसदीय दलको नेता हुँदा उनलाई धनराजले धोका दिँदै देउवाको पक्षमा उभिएका थिए । यसैकारण कानुन मन्त्रालयको जिम्मेवारी पनि पाए । अहिले मनमा गाँठो पारेरै भए पनि महामन्त्री गगन थापा पनि छानविन र दोषी देखिए कारवाहीको माग गर्नेमा गरेका छन् ।

सहकारी रजिष्ट्रारको कार्यालय हेटौडाको पत्रका आधारमा मितेरी सहकारीको रकम अपचलनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको छ ।सहकारी रजिष्ट्रार हेटौंडाबाट महाप्रबन्धक ज्योति गुरुङ र उनलाई सहयोग गर्ने पूर्वकर्मचारीहरु ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध जाहेरी परेको देखिन्छ ।

आन्तरिक छानविनले रकम अपचलन भएको देखिएको भन्दै सहकारीले दिएको उजुरीमा धनराजलाई समेत प्रतिवादी बनाउन माग गरेको देखिन्छ । सीआईबीले धजराजमाथि समेत अनुसन्धान बढाएको अधिकृतहरु बताउँछन् । उनीहरुका अनुसार प्रारम्भीक अनुसन्धानका क्रममा धनराजले सहकारीमा तिरेको रकम शंकास्पद रहेको देखिएको छ ।

धनराजले मितेरी सहकारीबाट ऋण लिएकोमध्ये ६८ लाख २६ हजार ९१४ रुपैयाँ एकैदिन तिरेका पाइएको छ ।एकै व्यक्तिको बैंक खाताबाट एकै दिन रकम जम्मा हुँदा पनि एउटै चेकमार्फत रकम जम्मा नभई पटक–पटक जम्मा हुनु शंकास्पद देखिएको सीआईबी स्रोत बताउँछ । धनराजले लिएको कर्जा कहिल्यै उनले आफ्नै चेकमार्फत तिरेका छैनन् । यसरी जम्मा भएको रकम शंकास्पद देखिन्छ ।

सत्ता पक्षका सांसद धनराज गुरुङ प्रत्यक्ष रुपमा सहकारीको विवादमा मुछिदा पनि प्रतिपक्षमा रहेको दलहरु भने मौन देखिन्छन् । उनिहरुले यस विषयलाई कुनै पनि मुद्दा बनाएको देखिदैन ।

विशेषगरी आफ्नै सभापतिको विषयलाई लिएर तीन महिना सम्म संसद अवरोध गरेको कांग्रसकै उप सभापति सहकारी काण्डमा मुछिदा पनि रास्वपाले कुनै पनि विरोध गरेको देखिदैन । त्यसलाई राजनीतिक एजेण्डा बनाएको पनि देखिदैन । अहिले रास्वपा सहकारीको नाम लिने वित्तिकै चार कोष पर भाग्छ । धनराजमाथि प्रश्न उठाउँदा आफूमाथि पनि कारवाहीको सुई तेर्सिने डर उनीहरुमा देखिन्छ । यसले गृह मन्त्रालय नै अघि नबढेसम्म धनराजलाई राहत नै मिल्नेछ ।