Breaking

ओली अमेरिकामा हुँदा विद्याको अस्वभाविक सक्रियता, एमालेको गुट स्पष्ट


संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली दुई दिनदेखि अमेरिकामा छन् । यही बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका अभिव्इक्ति भने अध्यक्ष ओलीलाई नै टप्नेखालका आइरहेका छन् । जसले केही समय सेलाएको भण्डारी राजनीतिमा फर्किने चर्चा फेरि चुलिएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा चलेको धेरै भइसक्यो । पटक पटक एमालेको औपचारिक कार्यक्रममा प्रमुख अतिथिकै रुपमा देखा पर्ने गरे पनि राजनीतिमा फर्कने वा नफर्कनेबारे स्पष्ट धार देखिदैन । तर, विगतका अभिव्यक्ति पूर्वराष्ट्रपतिकै हैसियतमा दिँदा पनि सुवाहउने खालका हुने गर्थे । भण्डारीले शनिबार मात्रै दिएको अभिव्यक्तिले पनि उनलाई पूर्वराष्ट्रपतिको हैसियतमा भन्दा बढी एमाले नेतृको रुपमा हेर्ने खालका थिए ।

एमाले अध्यक्ष अमेरिकामा भएकै बेला ओलीलाई नै मात खुवाउने गरेर पूर्वराष्ट्रपति भईसकेकी भण्डारीले मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा एमालेको गुनगान र पार्टीलाई सफल पार्ने सूत्र दिएकी छन् । २०८४ को निर्वाचनपछि एमालेकै तर्फबाट राष्ट्रपति बनाउनु पर्ने सन्देश दिएकी भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बत्र जरुरी रहेको बताइन् । उनी त्यतिमा मात्रै रोकिनन् । ८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन जरुरी रहेकोमा जोड दिइन् । अध्यक्ष ओलीले नै पनि अहिलेसम्म भण्डारीले बोलेको जस्तो बोल्न सकेका छैनन् । पूर्वराष्ट्रपतिकै हैसियत बिर्सिएर बोलेका भण्डारीको अभिव्यक्तिले उनी पार्टीको नेतृत्वमा आउने उचित समयको प्रतीक्षामा रहेको देखिन्छन् ।

दुई कार्यकाल राष्ट्रपति भइसकेकी भण्डारी छिल्लो समय एमाले निकटका कार्यक्रममा सक्रियताका साथ लागिरहेकी छिन् । गत वैशाख १० गते नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा भण्डारीले ‘गणतन्त्र गौरव’ सम्मान पाउँदा ओलीले नै एमालेको सबैभन्दा ठूलो सम्मान भएको बताएका थिए । त्यस्तै जेठ १६ गते पनि एमालेको राष्ट्रिय महिला भेलामा प्रमुख अतिथिकै रुपमा सहभागी भएकी थिइन् । अध्यक्ष निर्वाचित भएपछि एमालेकै कार्यक्रममा ओली विशेष अतिथि बन्नु परेको संभवतः यो पहिलो कार्यक्रम थियो ।

त्यसपछि पनि सात वर्ष राष्ट्र प्रमुख भएर काम गरिसकेकी भण्डारीले पार्टीको सदस्यतासमेत नवीकरण गरेको विषयले प्रतिनिधिसभाको बैठकमा नै प्रवेश पाएको थियो । भण्डारीले अन्तरवार्ता वा सार्वजनिक कार्यक्रममा बोल्दा पनि राष्ट्रपतिको हैसियतमा भन्दा एमाले नेतृको हैसियतमा बढी उभिने गरेकी छन् । उनको पूर्वराष्ट्रपतिको हैसियतमा केही अभिव्यक्ति वा शुभकामना आएको देखिँदैन । जहा जे जति पनि बोल्ने गरिकी छिन्, ती सबै अभिव्यक्तिमा एमाले नेतृकै भान हुन्छ । यस्तो अवस्थामा के अब भण्डारीले ओलसँग भिडेरै पार्टी नेतृत्वमा आउन खोजेकी हुन् भन्ने प्रश्न उब्जिएको छ ।

ओली अमेरिकामा भएको बेला उनैलाई औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनाएर ल्याएको एमालेले पनि ओलीपछि विद्यादेवीलाई नै स्वीकारेको स्पष्ट हुन्छ । विद्यादेवीले पनि अध्यक्षकै हैसियतमा बोल्दा उनमा नेतृत्वमा आउने चाहना रहेकोमा थप बल पुग्छ । अब २०८४ अघि हुने एमालेको आगामी महाधिवेशनमा ओलीलाई टक्कर दिँदै उनको विरासत तोडेर नेतृत्वमा आउँछिन् वा ओलीको उत्तराधिकारी बन्छिन् ?

त्यो समयले नै बताउला । तर, पूर्वराष्ट्रिपतिको हैसियत नै बिर्सिएकी भण्डारीलाई ओलीको किल्ला भत्काउन त्यती सहज भने हुने छैन । किनभने १५ वर्ष एमालेमा राज गरेका माधवकुमार नेपाल र पार्टीको नेतृत्व गरिसकेका झलनाथ खनाललाई समेत ओलीले बढारिदिए । भीम रावल जस्ता प्रभावशाली नेतालाई पनि पार्टी र राष्ट्रिय राजनीतिबाट भित्तामा नै पु¥याई दिएका ओलीलाई पन्छ्याउन विद्याका लागि एउटा सानो हथौडाको भरमा ठूलो पहाड फोड्नु जत्तिकै चुनौती छ । तर त्यो चुनौती पन्छाउन ओलीकै खिलाफमा उनी जान्छिन् वा के गर्छिन तयो भने हेर्न बाँकी छ । यद्यपिछ पछिल्ला गतिविधिहरुले पार्टीको ११ औँ महाधिवेशनका लागि माहोल बनाउन खोजेको भने स्पष्ट देखिन्छ ।