Breaking

नेपाली महिलाको बेंगलोरमा हत्याः शव ३२ टुक्रा पारी फ्रिजमा, डरलाग्दो घटनाको नालीबेली


भारतको बेंगलुरमा एक नेपाली महिलाको विभत्स हत्या भएको छ । मल्लेश्वरम क्षेत्रमा २९ वर्षिया महिलाको हत्यापछि शव ३२ भन्दा बढी टुक्रा पारेर फ्रिजमा राखिएको अवस्थामा फेला परेको छ ।

अमेरिकामा ममता काफ्ले हत्या प्रकरणका डरलाग्दा तथ्य सार्वजनिक भइरहेकै बेला भारतबाट अर्को खबर आएको छ । भारतको बेंग्लोरमा एक नेपाली महिलाको क्रुरताको पनि हद नाघ्नेगरी हत्या भएको छ । २९ वर्षिय महालक्ष्मी जैशीको हत्या गरेर शव ३२ भन्दा बढी टुक्रा पारी फ्रिजमा राखिएको अवस्थामा फेला परेको छ । प्रहरीका अनुुसार उनको हत्या पाँच दिन पहिले नै गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार उनी नेपाली हुन् । कैलाली जिल्लाकी भएको खुले पनि स्पष्ट ठेगाना खुल्न सकेको छैन । भारतीय सञ्चारमाध्यमहरुले उनी नेपालकै भएको दाबी गरेका छन् ।

उनी नेपाली युवती भए पनि बसोबास भने भारतमै रहेको देखिन्छ । उनका पति दास भारत झारखण्डका हुन् । यसबारे कैलाली प्रहरी र प्रशासनमा बुझ्न खोज्दा कुनै जानकारी नरहेको र आफूहरु बुझिरहेको प्रतिक्रिया दिएको छ ।

कसरी पत्ता लाग्यो घटना ?
महालक्ष्मीका पति हेमन्त दास हुन् । ६ वर्षअघि विवाह बन्धनमा बाधिएका उनीहरुको सम्बन्ध पछिल्लो केही समययता भने ठिकठाक थिएन । श्रीमानसँग कुरा नमिलेपछि उनीहरु सम्बन्धविच्छेद नगरी छुट्टाछट्टै बस्ने फैसला गरे । पछि महालक्ष्मी विगत पााच महिनादेखि बेंगलोरको व्यालिकभल क्षेत्रमा बस्दै आएकी थिइन् । उनका श्रीमान भने उनीभन्दा ३५–४० किलोमिटर टाढा नेल मंगलामा बस्दै आएका थिए । महालक्ष्मी आफूबस्ने अपार्टमेन्टका छिमेकीसँग पनि खासै कुराकानी गर्ने नगरेको स्थानीयहरुले वयान दिएका छन् ।

उनकी एक छोरी पनि छिन् । तर छोरी भने हेमन्तसँग बस्दै आएकी थिइन् । प्रहरीका अनुसार छोरीलाई आमासँग भेटाउन भए पनि हेमन्त विदा मिल्ने बित्तिकै हरेक १५ दिनमा बेंगलोर आउने गरेका थिए । तर, शनिबार घरधनीले गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरे । त्यही समय उनका श्रीमान पनि त्यहा आएका थिए । प्रहरी आएपछि जब ढोकाको ताल्चा फोडेर भित्र पसे । रगतको आहाल देखिएको थियो भने मांसाहारी किराहरु देखिएका थिए । खोज्दै जाँदा फ्रिजमा ३२ भन्दा बढी टुक्रा पारिएको अवस्थामा शव फेला प¥यो ।

महालक्ष्मी १५ दिनदेखि परिवारको सम्पर्कमा थिइनन् भने मोवाइल पनि स्वीच अफ थियो । उनका भाई पनि बेंगलोरमै बस्छन् । तर, १५ दिनदेखि सम्पर्कविहीन हुँदा भाई र श्रीमानले किन उनको खोजी गरेनन् भन्ने प्रश्न उब्जिएको प्रहरी बताउँछ । उनीहरुलाई पनि प्रहरीले सोधपुछ गर्दैछ । स्थानीयहरुका महालक्ष्मीकै गतिविधि पनि शंकास्पद देखिएका छन् । उनको कोठामा कोही अर्को पुरुष आउने गरेको थियो । उनी काम गर्ने ठाउँमा पनि उसैले ल्याउने र पु¥याउने काम गर्ने तथा उनीहरु सँगै बस्ने गरेको समेत छिमेकीहरुले देखेको वयान दिएका छन् । यसले पतिबाट छुट्टै बस्न थालेपछि उनी परपुरुषसँग सम्बन्धनमा रहेको पनि आशंका गर्न सकिन्छ । यो कोणबाट पनि प्रहरीले अनुसनधान थालेको छ । प्रहरीका बिभिन्न तीन टोली अनुुसन्धानका लागि खटिएका छन् ।

भारतीय सञ्चारमाध्यमले यो घटनालाई श्रद्धा कपुरको हत्यासँग जोडेका छन् । २०२२ मा दिल्लीको मेहरवालीमा श्रद्धाको हत्या गरी ३६ टुक्रा पारी जंगलमा फालिएको थियो । बेंगलोरमा पश्चिम नेपालको धेरै जनसंख्या रोजगारीमा जाने गरेको छ । परिवार पनि संगै लिएर जाने गरेका कारण सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् ।