अन्तर्राष्ट्रिय

श्रीलंका राष्ट्रपतीय चुनाव: उम्मेदवारले पाएनन् ५० प्रतिशत मत


काठमाडौं । श्रीलंकामा शनिबार भएको राष्ट्रपतीय चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना सुरू भएको छ ।

पहिलो चरणको मतगणनाअनुसार वामपन्थी नेता अनुरा कुमारा दिसानायके अग्रस्थानमा रहेका छन् । तर उनले विजयी हुन आवश्यक ५० प्रतिशतभन्दा बढी मत ल्याउन भने सकेनन् । त्यहाँ दोस्रो चरणको मत गणना हुने निर्वाचन आयोगले जनाएको छ ।


अनुरा कुमारा दिसानायके (एकेडी) र सजीथ प्रेमदासालाई छाडेर बाँकी उम्मेदवार दौडबाट बाहिरीउको आयोगले जनाएको छ । निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि राष्ट्रपतिको दौडबाट बाहिरिएका हुन् ।

यद्यपि उसले औपचारिक रुपमा कुन उम्मेदवारले कति मत पायो भनेर सार्वजनिक गरेको छैन । श्रीलंकन सञ्चार माध्यमहरुका अनुसार (एकेडी) ले झण्डै ४३ मत प्रतिशत मत पाउँदा प्रेमदासाले करिव ३३ प्रतिशत मत पाएका छन् ।

श्रीलंकामा राष्ट्रपति निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ ।