Breaking

सहकारी ठगीमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ


काठमाडौं । सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन् ।

उनी काठमाडौंको शं‍खमूलबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । कास्की प्रहरीको पत्रका आधारमा उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए ।जोशी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

संयू थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।