खेलकुद

एसियाली सिनियर कराते: एरिकाले जितिन् रजत पदक


काठमाडौं । नेपालकी एरिका गुरुङ एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदकमा सीमित भएकी छिन्।

उनले फाइनलमा भियतनामी खेलाडीसँग पराजय ब्योहोरिन्। यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएन।

एरिकाले सेमिफाइनल जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिइन्। एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्।