Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित


सरकार परिवर्तन भएपछि दोस्रो पटक आएको सुदूरपश्चिम प्रदेशको बजेट बहुमतबाट पारित भएको छ ।

सत्तारुढ नेपाली कांग्रेसले बजेटमा असन्तुष्टि जनाएपनि आज बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो । बहुमतले बजेट पारित हुनुअघि बजेटमाथिको छ्लफलमा सहभागी भएका लगभग सबै प्रदेशसभा सदस्यले बजेटमा असन्तुष्टि जनाएका थिए ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ३१ भदौमा चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रदेशसभामा पेस गरेका थिए । थापाले प्रदेशसभामा प्रस्तुत गरेको बजेटको कुल अंक भने ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रहेको छ । चालूतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार बजेट विनियोजन गरिएको छ ।