अन्तर्राष्ट्रिय

पूर्वी इरानको खानीमा भएको विष्फोटः ३० जनाको मृत्यु


पूर्वी इरानको खानीमा भएको विष्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।


इरानको सरकारी टेलिभिजनले धेरै कामदार फसेको आशंका गरीएको अन्तराष्टिय समाचारसस्था अलजजीराले जनाएको छ । राजधानी तेहरानबाट करिब ५४० किलोमिटर (३३५ माइल) दक्षिणपूर्वमा रहेको ताबासको कोइला खानीमा मिथेन ग्यास चुहावटका कारण विस्फोट भएको जनाएको छ ।

गयराति राति अचानक ग्यास चुहावट हुँदा कम्तिमा ६९ जना खानीको सुरुङमा काम गरिरहेका उल्लोख छ । २४ जना कामदार भित्र फसेको विश्वास गरिएको छ ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाने तयारी गरिरहेका इरानका राष्ट्रपति मसुद पेजेस्कियानले फसेकाहरुको उद्धार र परिवारलाई सहयोग गर्न सबै प्रयास गर्न निर्देशन दिएको बताएका छन् । उनले घटनाबारे अनुसन्धान भइरहेको बताएकाछन् ।