Uncategorized

भिडेरै कांग्रेस–एमाले सक्ने रास्वपाको अठोट, प्रदेशको खारेजी


अनेक संकट र सकस छिचोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पहिलो राष्ट्रिय भेलाको आयोजना ग¥यो । भर्खरै सहकारी ठगीबारेको प्रतिवेदन सार्वजनिक भएका बेला क्लिन चिट भन्दै बढेको आत्मविश्वास र विगतको समीक्षा गर्दै भेला सकियो । ऐतिहासिक भनिएको रास्वपाको दुई दिने भेलाको सन्देश के ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने राष्ट्रिय भेलामा सहकारी ठगीबारेको संसदीय छानविन प्रतिवेदनले चर्चा पायो । भेलाको एक दिन अघि मात्रै समितिको प्रतिवेदन सार्वजनिक हुँदा रास्वपाले सभापति रवि लामिछानेले क्लिन चिट पाएको भन्द्र प्रचार ग¥यो । फलतः कार्यकर्ताहरु पनि हर्षित मुद्रामा देखिन्थे । त्यही हर्षको वलमा सभापति लामिछानेले पनि नेता÷कार्यकर्तामाझ शीर ठाडो पार्न सकेको देखिन्थ्यो । संगठनको सन्दर्भभन्दा बढी सहकारीमाा डामिएका सभापतिको बचाउ र वकालतमै भेलाको समय बितेको देखिन्छ ।

देशभरबाट मात्र नभइ प्रवासबाट समेत प्रतिनिधि सहभागी गराएको रास्वपाले भेलामार्फत पार्टीको विधान संशोधन गरेको छ । पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रस्ताव पारित गरेको छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशसभा खारेजी, स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायकी अधिकार दिन सकिनेसहितका प्रस्ताव पारित गराएको छ । लामिछानेले आफूबाट कमजोरी भए पनि अनैतिक र अराजनीतिक काम नभएको जिकिर प्रतिवेदनमै गरेका छन् । सरकारविरुद्ध सडक आन्दोलनमा जानुपर्ने अवस्था आएको भन्दै नेता कार्यकर्तालाई तयार रहन समेत निर्देशन दिएका छन् ।

पार्टीले पहिलो महाधिवेशन आगामी वैशाख २५, २६ र २७ गते गर्ने घोषणा गरेको छ । सांगठिनक रुपमा कोषाध्यक्ष र प्रवक्ताबाहेकका पदाधिकारी निर्वाचनबाट आउनुपर्ने तथा महिला उपसभापति र प्रदेशमा सहमहामन्त्री रहने व्यवस्था थप गरेको छ । सांसद पदेन सदस्य हुने व्यवस्था खारेज गरेको छ । प्रदेश संरचनाको पक्षमा आफ्नो राजनीतिक धार स्पष्ट पारेको रास्वपाले अहिलेजस्तो खर्चिलो हुन नहुने र त्यसका लागि अधिकतम पाँच सदस्यीय मन्त्रिपरिषद र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको एजेण्डा लिएको छ ।

यसबाहेक पार्टीको संगठन विस्तारलाई तीव्रता दिनुपर्ने, तल्लो तहमा संगठन बलियो बनाउनुपर्ने र पुराना दलको जस्तो सोच र कार्यशैली हुन नहुने सुझाव र संगठन सुदृढ बनाउने सुत्रधार तय गर्दै नीतिमा थप स्पष्ट हुने निचोडमा भेला पुगेको छ । पार्टीको स्पष्ट नीति प्रस्तुत हुँदा मार्गदर्शन मिलेको नेताहरुको दावी छ ।

दुई दिने भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपमा ले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गरेका कारण पार्टीपंक्तिमा ऊर्जा थपेको दावी रास्वपा नेताहरुको छ । पार्टीको धरातल बलियो बनाउँदै २०८४ सालको आम निर्वाचनलाई लक्षित गर्दै अघि बढ्ने दाबी नेताहरुले गर्दा विश्लेषकहरु भने रविको पार्टी धेरै समय नटिक्ने जिकीर गर्छन् ।

केन्द्रीय नेतृत्व एकपछि अर्को विवादमा फस्दा रास्वपा लगातार राजनीतिक प्रहारको सिकार बन्दै आएको छ । २०७९ को निर्वाचनमा पार्टी निर्माणको ६ महिनामै देशको चौथो शक्तिमा उदाएको रास्वपालाई आफ्नो अस्तित्व कायम गर्न कम चुनौती भने छैन । संशोधित विधान, कार्यशैली र आगामी महाधिवेशन भन्दा बढी नेताहरुको चरित्रका कारण रास्वपालाई पुर्नजीवन दिन्छ वा थप क्षयीकरणको बाटो । त्यो भने भविश्यले नै निर्धारण गर्नेछ ।