Breaking

ममता केसः प्रहरीलाई अहिलेसम्मकै ठूलो सफलता


अमेरिकामा हत्या गरिएकी नेपाली नर्स ममता काफ्लेको क्रुर हत्याको विवरण बाहिर आएको छ । शव लुकाएको अभियोगमा हिरासतमा रहेका उनका पती नरेश भट्ट पक्षका वकिलले बचाउमा वकालत गरिरहँदा प्रहरीले नयाँ प्रमाणहरु पेश गरेको छ। विकसित घटनाक्रमले नेपाली समुदायलाई नै स्तब्ध बनाएको छ ।

ममता काफ्लेको शव लुकाएको आरोपमा हिरासतमा रहेका उनका पती नरेश भट्टलाई रिहा गर्न उनका वकिलहरु लागि पर्दा नयाँ प्रमाणहरु सार्वजनिक भएका छन् । नरेशका वकिलहरुले ममता ज्यूदै रहेको तथा प्रहरीले विना कारण उनलाई हिरासतमा राखेको दलिल पेश गरिरहेका वेला सुन्दै आङ सिरिङ हुनेप्रमाणहरु अभियोजकहरुले प्रस्तुत गरेका हुन् । प्रस्तुत प्रमाणहरुले नरेशले ममताको शव टुक्रा टुक्रा पारेर फोहोर फाल्ने रद्धिको टोकरीमा फालेको आशंका गरिएको छ।

ती टुक्राहरु राखेको झोलाहरु नरेशले १०–१२ ठाउँभन्दा बढी ठाउँमा लगेर छोडेको अभियोजकहरुले प्रमाण पेश गरेका थिए ।फल्स चर्च, लाउडन काउन्टीको लिबर्टी ग्यासको फोहोर फाल्ने ठाँउमा फालिएको ती झोलाहरु उठाएको कि उठाएन भनेर फेरि पनि हेर्न गएको समेत दाबी गरिएको छ । सुनुवाइका क्रममा सार्वजनिक गरिएको प्रमाणमानरेशले सेतो पञ्जा लगाएर विभिन्न ठाउँमा नच्यातिने खालकोमजबुद काला व्यागहरुको पोकोफ्याँकिरहेको भिडियो प्रस्तुत गरिएको थियो ।

समयक्रम अनुसार हेर्ने हो भने ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेका थिए भने घटना घरमै भएको थियो । किनभनेनरेशले जुलाई ३० मा तीनवटा चक्कु किनेका थिए । जसमध्ये ठूला २ चक्कु अझै भेटिएको छैन । जहाँ जुलाई ३१ मा सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको समेत खुलेको थियो ।

सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने अधिकारीहरूले आशंका गरेका छन् । त्यस्तै अरु वेला १ ग्यालेन पानी प्रयोग हुने गरेकोमा जुलाई ३१ कै दिन १ सय ५० ग्यालेन पानी प्रयोग गरेको प्रमाण समेत अभियोजकहरुले प्रस्तुत गरेका छन् । यसले पनि ममताको हत्याबारे अभियोजकहरुले प्रस्तुत गरेको दाबीलाई बल पुर्याएको छ ।

हुन त नरेशले फ्याकेको कालो झोलाको पोकालाई नै, ममताकै शब भएको दाबी नगरिएपनि फोहोरको पोको फ्याक्न आफ्नो टेस्ला गाडी प्रयोग गरेको बताईएको छ । जहाँ सो गाडी उनले प्रहरीले जाँच्न गर्न मागेको भोलिपल्ट बेचिदिएको कुरा पनि नयाँ विवरणमा उल्लेख छ । नरेशले पोका–पोका बनाएका कति पय ( ट्रयास व्याग)छरछिमेकको रद्दी टोकरीमा फ्याकेको खुलेको छ। एउटा ठाउँमा फाल्दा शंका हुने र धेरै देखिने भएको हुँदा उनले ४० किलो मिटर परसम्मको दुरी तय गरेर फ्याकेको प्रहरी अनुसन्धानबाट खुलेको छ। नरेशले त्यसरी पोको पारेको (ट्रयास व्याग) झुण्डयाएर तलबाट अर्को हातको सहयोगमा फालेको समेत खुलेको छ। अर्थात यी तथ्यले उनले फोहोर मात्रै फालेको भन्न सक्ने अवस्था छैन । एउटा व्यक्ति सामान्यतया फोहोर फाल्नको लागि किन ४० किलो मिटरको दुरी तय गर्छ ? यसले पनि अब शंकामात्रै नभएर नरेशमाथि किटान गर्ने समय नजिकिएको देखिन्छ ।
यी प्रमाणहरु प्रस्तुत भईरहँदा सुनुवाईमा रहेका नेपालीहरु स्तब्ध बनेका थिए । लामो समय देखि ममताको न्यायका लागि माग गर्दै आएका उनीहरु नरेश पक्षले उनी ज्यूदो रहेको भन्दै मुद्धा कमजोर बनाउन प्रयासकै वेला झस्किएका थिए । त्यसमा शुक्रबार प्रस्तुत घटनाक्रमले सुनुवाईमा रहेका ममताका दाजूसहित नेपालीहरु भावविहील भएर डाको छोडेर रुदा सन्नाटा छाएको थियो ।

प्रहरीले पेश गरेको बलिया प्रमाणहरुकै कारण शुक्रबारको लामो सुनुवाइमा भट्टलाई धरौटीमा रिहा गर्न नहुने अभियोजहरुको पक्ष बलियो बन्यो । फलत ः भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको हो । अर्थात यसअघि प्रमाणका रुपमा प्रस्तुत गरिएको रगतको धब्बा,गुगलमा गरिएको सर्च सम्बन्धी विवरण नै नरेशलाई हिरासतमा राख्न प्रर्याप्त नभएको उनी पक्षीय वकिलहरुको दलिल शुक्रबारको प्रमाणले खण्डन गरिदिएको हो ।

हुन त यसअघि नै भट्टको मास्टर बेडरूम र मास्टर बाथरुममा शव सुघ्ने कुकुरहरू पुगेको र त्यसले घरमा शव रहेको संकेत गरेको अभियोजकहरूले बताएका थिए । नरेश भट्टले मस्तिष्कको रेखाचित्र र नजिकैको कुखुरा फार्मको लागी पनि इन्टरनेटमा सर्च गरेको पत्ता लागेको उनीहरु दाबी गर्दा शव नभेटिएको दलिलमै नरेश पक्ष बलियो देखिएको थियो । जतिवेला हत्या धेरै योजनावद्ध भएको र शव व्यवस्थापनमा पनि नफस्ने हरेक उपाय अपनाउन नरेश सफल भएको आशंका गरिएको थियो । जुन अहिले प्रमाणित हुँदा टुक्रा टुक्रा पार्ने र फोहोर संकलन गर्ने स्थानमा फालेको दर्दनाक र क्रुर हत्याको दृश्य बाहिर आएको हो । नरेशले जसले उनीमाथि जस्तोसुकै सजाय गरेपनि कम हुने दृश्यमात्रै बाहिर आएको छैन क्रुरताको सबै सिमा र पर्खाल भत्किएको छ। मान्छे कुन हदसम्म गिर्न सक्ने रहेछ भन्ने समेत प्रमाणित भएको छ ।