Uncategorized

हिज्जबुल्लाह सक्न आक्रामक इजरायल, मुख्य कममाण्डरसहित १० लडाकु मारिए


काठमाडौँ – ‘हिजबुल्लाह’ समूहका कारण लेबनान इजरायली अक्रामणको सङ्कटमा परेको छ । हिज्जबुल्लाह समुहले सञ्चार गर्न प्रयोग गर्ने पेजर विष्फोटनको आरोप सहित बदला लिने उद्घोषपछि इजरायलले लेबनानमा एकपछि अर्काे गर्दै आक्रमण बढाएको हो ।

इजरायलले लेबनानको राजधानी बेरुतमा हिज्जबुल्लाविरुद्ध आक्रमण गर्दा एक शीर्ष कमाण्डरको ज्यान गएको छ । शुक्रबार इजरायली सेनाले गरेको हवाई आक्रमणमा परि हिजबुल्लाहका बरिष्ठ नेता इब्राहिम अकील मारिएको स्वयम हिज्जबुल्लाहले पनि पुष्टि गरेको छ। यसअघि इजरायलले मात्रै इब्राहिम मारिएको दाबी गरेको थियो । तर हिज्जबुल्लाहलेनै यसको पुष्टि गरेपछि धेरै दुविधा रहेन ।

बेइरुतको दक्षिणी उपनगरमा भूमिगत जमघटमा सहभागी भएको अवस्थामा आक्रमण हुँदा उनको हत्या भएको हो । हिजबुल्लाहको अपरेसन टोली र यसको विशेष बलको नेतृत्व गरिरहेका कमान्डर अकीलसँगै लगभग १० अन्य वरिष्ठ कमान्डरहरू पनि मारिएको दाबी गरेको थियो । इब्राहिम अकील मारिएको पुष्टि भएपनि अन्यको हकमा स्वतन्त्र पुष्टि भएको छैन ।
हिज्जबुल्लाह नेता हसन नसरल्लाहसँग सबैभन्दा नजिक रहेका अकीलको हत्याले हिजबुल्लाहलाई ठूलो क्षति भएको छ। उक्त हमलामा परि कम्तीमा १४ जनाको मृत्यु र ६६ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको छ । उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । आक्रमणले हिजबुल्लाहको ठूलो उपस्थिति रहेको दक्षिणी उपनगरको आवासीय क्षेत्रमा खैरो धुवाँको मुस्लोमा परिणत भएको थियो । अकीलको हत्याले हिज्जबुल्लाहमाथि मानसिक र रणनीतिक झट्का दिएको छ ।

यसअघि दुई दिन मङ्गलबार र बुधबार मात्रै पनि इजरायलको आक्रमणहरूका कारण पेजर र वाकीटकी जस्ता विद्युतीय उपकरणहरू लगभग एकैसाथ विस्फोट भएर नष्ट भएको थियो । जसमा ३७ जनाले ज्यान गुमाउँदा हजारौं घाइते भएका थिए । हिजबुल्लाहले पनि उत्तरी इजरायलमा विस्फोटक ड्रोनहरू सहितको प्रत्याक्रमणबाट ५० हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गर्न बाध्य बनाएको थियो । इजरायल र हिज्जबुल्लाहबीचको आप्रत्याशित आक्रमणबारे अमेरिकाले पनि चासो राखेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार उत्तर इजरायल र दक्षिणी लेबनानका मानिसहरूलाई आफ्ना घरमा फर्किन पाउनु पर्ने बताए । त्यस्तै, मध्यपूर्वमा युद्ध बढ्दै गएपछि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको यसै साताको अन्त्यदेखि सुरु हुने तय भएको इजरायल, कतार र साउदी अरेबियाको भ्रमणको पनि रद्द भएको छ । अमेरिकाले आतंकवादी सूचीमा राखेको अकील हिज्जबुल्लाहको शीर्ष सैन्य परिषद्को सदस्यसमेत थिए । सन् १९८३ मा बेइरुतमा अमेरिकी मरीन ब्यारेकमा भएको बम विस्फोट र १९८० को दशकमा अमेरिकनहरूलाई अपहरण गरेको घटनासँग जोडेर उनलाई अमेरिकाले आतंकवादी घोषणा गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले अकीलबारे जानकारी दिनेलाई ७ मिलियन डलरसम्मको पुरस्कार घोषणा गरेको थियो ।

इजरायलले हिजबुल्लाहमाथि अनपेक्षीत रुमपा गरेको आक्रमणले सिङ्गो अरब क्षेत्रनै त्रशित बनेकोे छ । मध्यपूर्वपछि अरबविरुद्ध पनि इजरायल युद्धको खतरा मडारीएको छ । तर, मध्यपूर्वमा आक्रमण बढाउँदै गएको इजयारलको यो आक्रणले एकताबद्ध बनाउने र यसको परिणाम पनि इजरायलले भोग्नु पर्ने विश्लेषण हुन थालेको छ ।