Breaking

रविको सांसद पद फेरि जाँदै ? कांग्रेस–एमालेले गरे उपनिर्वाचनको ठोकुवा


काठमाडौँ – सहकारी छानविन समितीको प्रतिवेदनले गर्माएको राजनीतिले चितवन क्षेत्र नम्बर २ मा पुन उपनिर्वाचन हुने चर्चा चलाएको छ। जुन क्षेत्र रास्वपा सभापति तथा सांसद रवि लामिछानको निर्वाचन क्षेत्र हो । यस्तोमा निर्वाचन क्षेत्रका मतदाताहरू के भन्छन् त ?

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले एक हजार एक सय २४ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ । नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा बनेको समितिले ९९ दिन लगाएर सार्वजनिक गरेको प्रतिवेदनले गोरखा मिडियाका सञ्चालकहरूले सहकारीको रकम अपचलन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्न सिफारिस गर्दा पुनः चितवन २ मा उपनिर्वाचन हुने चर्चा चलेको छ।
सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले रवि सहकारीमा दोषि ठहरिएको र, कारबाही अनुरुप सांसद पद नै खोसिने भन्दै चितवन २ मा दोहो¥याएर उपनिर्वाचन हुने दाबी गरिरहेकाछन् ।

२०८० वैशाख १० गते भएको उपनिर्वाचनमा एमालेलाई जिताउने जिम्मा लिँदै चितवन पुगेका पार्टी सांसद गोकुल बास्कोटाले कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जात्रेलाई छात्रे अवसर हिउँदमै पुरा हुने तर्क गरेका छन् । पाँच वर्षमा तीन पटक भोट हाल्न पनि तयारीमा नै रहेका जागरिला चितवनबासी भन्दै ७८ औं जिल्ला भएको व्यंग्य गरेका छन् । यता रास्वपाका नेताहरूले भने क्लिन चिट पाएको अभिव्यक्ति दिईरहँदा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने क्लिन चिट नभएर क्लियर चिट भएको स्पष्ट हुन सुझाव दिएका छन् ।

राजनीतिक दल र तिनका नेताहरूले यसैलाई ठूलो मुद्दा बनाएर एकले अर्कालाई खुईल्याउन लागि परे पनि चितवन निर्वाचन क्षेत्र नम्बर २ का मतदाताको भने यसमा मिश्रित धारणा रहेको छ । कोही मतदाताले अब रविलाई जिताउन नहुने धारणा राख्दा केहीले भने रविलाई फसाईएको आसयमा अझै आस नमरेको प्रतिक्रिया दिएकाछन् ।

। आफ्नै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद सहकारी ठगीको मुद्दामा जोडिदा हीनताबोध हुने भरतपुर महानगर पालिका वडा नम्बर १० का रचन कार्की बताउँछन् । अब फेरि पनि निर्वाचन भयो भने जनताले तीन पटक एउटै नेतालाई भोट हाल्न नहुने उनको बुझाई छ। त्यस्तै भरतपुर महानगर ११ का गुणकान्त पोखरेलले पनि मतदाताले भगवान् बनाए पनि मतको सम्मान हुन नसकेको भन्दै कटाक्ष गरेकाछन् ।

भरतपुर महानगर १० का भीमप्रसाद लामिछानेको भने कार्की र पोखरेलको भन्दा ठीक विपरीत धारणा राखेकाछन् ।
राजनीतिमा सभापति लामिछानेको आगमनले पुराना दलको नेताहरूको टाउको दुखेको उनको मत । पहिले देखि नै एक छत्र राज गरिरहेकाहरू रविबाट राजनीतिक रुपमा बडारिएको र,उनलाई फसाउन खोजेको तर्क गर्छन् । साढेको जुधाई बाच्छाको मिचाईमा रवि परेको भन्दै फेरि जनताले पनि रविलाई नै जिताउने उनको भनाई छ । भरतपुर महानगर पालिका वडा नम्बर १२ की ओसिन मगरले पनि रविले आश गरे अनुसारको काम गर्न नसकेको भन्दै अबको दिनमा पुन निर्वाचित भए गरेर देखाउन सुझाव दिएकी छन् ।

नेताहरूलाई भोट दिँदा दिँदा वाक्क भएको भरतपुर महानगरपालिका १० का हरिभक्त पण्डितको अनुभव छ । नेताहरूको कार्यशैलीले आजित बनेका पण्डित सबै नेताहरू अबसरबादी भएको र देश भन्दा पनि पैसा कमाउन आएको सुनाउछन् । जनताले देश बनाउने नेता चाहेको हुँदा त्यस्ता नेता अहिले सम्म नभएको र जसलाई दिए पनि केही उपलब्धि नभएको हुँदा अब भोट नै नहाल्ने निर्णयमा आफु पुगेको पण्डितको भनाई छ।

रविले आफै नामबाट सहकारीको पैसा नझिके पनि अपचलन गरेको प्रतिवेदनले स्पष्ट पारेको छ । रविले आफ्नै हातबाट सहकारीको पैसा खर्च गरेको हुँदा रवि पनि जिम्मेवार हुने प्रतिवेदनबाट पुष्टि हुन्छ । र सरकारले प्रतिवेदनको कार्यान्वयन गर्ने निर्णय पनि गरिसकेको छ । प्रहरीले रवि विरुद्ध सहकारी ठगी र संगठित अपराधमा पूरक अभियोग लैजाँदै तयारी गरेको हो । यस्तो अवस्थामा रविको सांसद पद पनि जाने हुँदा चितवन २ मा दोहो¥याएर उपनिर्वाचनको हुने हल्लाले माहोल तताएको छ ।

रविले आमनिर्वाचनमा भन्दा पहिलो उपनिर्वाचनमा पाँच हजार १५ मतभार बढाएका थिए । तर अब फेरि उपनिर्वाचन भईहाल्यो भने पनि पक्ष, विपक्ष र तटस्थमा देखिएको मतदाताले दिने परिणाम उनको राजनीतिक यात्राको नै निर्धारण गर्ने छ । यद्यपि, आफू दोषि ठहरिए राजनीतिबाट नै सन्यास लिने घोषणा गरिसकेका रविले उपनिर्वाचनमा भाग लिन्छन् वा लिँदैनन् त्यो अहिले नै भत्र सक्ने स्थिति भने बनिसकेको छैन । अर्को कुरा अहिले बाहिर चर्चा भएजस्तो रविको पदनै चैट हुने सम्मको अवस्था नआउन पनि सक्छ ।