राजनीति

सहकारी ठगी प्रकरणमा धनराज गुरुङमाथि छानबिन सुरु भइसक्यो : विश्वप्रकास शर्मा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टी उपसभापति धनराज गुरुङमाथि छानबिन सुरु भइसकेको बताएका छन् ।

कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ दल भन्नेहरुले जस्तो आफूहरुले छानबिन गर्न हुँदैन नभन्ने बताएका हुन् ।

गुरुङमाथि छानबिन सुरु भइसकेको भन्दै दोषि देखिए जेल जाने उनको भनाई छ ।

उपसभापति गुरुङमाथि ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १२ करोड रूपैयाँ हिनामिनामा जोडिएको आरोप छ ।।