राजनीति

भारत बिच्किएपछि अमेरिका फकाउँदै ओली, मोदीसँगको भेटमा आरजुको अग्नि परीक्षा

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु गरेका छन् । ओलीले अमेरिकामै भारतीय समकक्षी नरेन्द्र मोदीको सामान्य भेट चाहेका छन् । तर, भारत भने उतै पहिलो भ्रमण होस् भन्ने चाहन्थ्यो । यहीबीचमा भारतले ओलीलाई महत्व नदिँदा ओली भने अमेरिकी कित्ता क्लियर गर्ने रणनीतिमा छन् ।

अन्तरिक राजनीतिबाटै घेरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण अर्थपूर्ण छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने औपचारिक एजेण्डा भए पनि प्रधानमन्त्री बनेपछि ओलीको यो पहिलो विदेश भ्रमण पनि हो । नेपालको अस्थिर घरेलु राजनीतिका कारण सरकार परिवर्तन पनि छोटो समयमै भइहाल्ने प्रवृत्ति सामान्य जस्ते बनेपपनि भूराजनीतिक चलखेललाई दलहरु नै स्वीकार्छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतमा आफ्नो पहिलो भ्रमण गरिन् ।

त्यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आरजुका लागि ‘रेड कार्पेट’ बिछ्याउँदा एमाले नेतृत्व झस्किएको थियो । भारत र चीनले स्वभाविक रुपमा ओलीको पहिलो भ्रमण आफ्नो देशमा होस् भन्ने चाहेका थिए । तर ओली अमेरिका हानिएपछि नेपालमा अमेरिकी इन्ट्रेस्टको सरकार बनेको पुष्टि गराएका छन् । यसै खिचातानीलाई हेरेको माओवादी पनि नेपालमा भू–राजनीतिक अवस्था जटील बन्दै गएको निश्कर्ष निकालेको छ ।

निकटमै रहेको अमेरिकी राष्ट्रपतीय निर्वाचन, भारतमा मोदीको घट्दो शाखसँगै बढेको अमेरिकी र चिनियाँ प्रभाव र नेपालमै पनि बढ्न थालेको रुसी प्रभावले पनि भूराजनीतिक चलखेलको परिणाम देखाउने छ । हुन त ओलीले अमेरिकामै रहदा भारतीय समकक्षी मोदीसँग भेटको प्रयास गरि नै रहेका छन् । पटक–पटक कुटनीति नोट पठाउँदा पनि त्यसको जवाफ भारतले नदिँदा भेट अनिश्चित छ । तर, आफूमाथि मोदीले देखाएको सौहार्दतालाई ओलीको भेट हुने वातावरणमा बदल्न सक्छिन् वा सक्दिनन् त्यो परराष्ट्रमन्त्री आरजुका लागि पनि परीक्षाको बिषय हो । अर्कोतर्फ भारतले पनि ओलीलाई भारत भ्रमणका लागि निम्तो दिन नखोज्नु र ओली पनि जान नचाहनुले अर्को तनाव थपिदिएको छ ।

हुन त पछिल्लो समय ओलीले मोदीसँग सम्बन्ध सुधारका लागि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला एमालेका मन्त्री नै पठाएर होस् वा आरजुमार्फत सन्देश पठाएर उनले भारतसँग सम्बन्ध सुमधुर बनाउन खोजेका थिए । तर भारतलाई भने अहिले पनि ओली प्रधानमन्त्री भएको मन परेको छैन ।

कांग्रेस नै सरकारमा रहेका बेला अहिले नै सरकार बनाउने अरु बिकल्प बाँकी नरहे पनि ओली जति लचिलो भए पनि उनी सत्ता टिकाउन मात्र लचिलो हुन सक्छन् भन्ने बुझेको भारत उनको वहिर्गमनकै आश गर्छन् । विश्लेषकहरु पनि ओलीसँग भारतको सम्बन्ध सुध्रिन नसक्ने तथ्यमा एकमत छन् ।

गत भदौ ३१ गते संसदमा सम्बोधनका क्रममा ओलीले नेपाललाई छुद्र छिमेकी नचाहिने भन्दै अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिलाई सामान्य रुपमा हेर्दा भारत र चीनप्रति नेपालको समान व्यवहारको नजरले हेर्ने गरिए पनि यसको कुटनीतिक अर्थ अरु नै भएको जानकारहरु बताउँछन् । अर्थात ‘छुद्र’ शब्दमा खेल्दै त्यो छुद्रताको अर्थ भरातलाई देखाउने र अमेरिका रिझाउने लाइनमा ओली रहेको विश्लेषण हुन थालेको छ । हुन त अकेरिकामा ओली–मोदी भेट हुन्छ वा हुँदैन यसले नै धेरै कुराको तय गर्नेछ । तर, जति गर्दा पनि भारत रिझाउन नसकिने बुझेका ओली अब भारतले गरेको आशंकाझैं अमेरिकी कित्तामा खुले मात्र भलो हुने निष्कर्षमा पुग्न थालेको विश्लेषण भइरहेको छ ।

अर्कोतिर नेपालमा आन्तरिक राजनीतिमा पनि जानी नजाजी आफैँ सिकार भइरहेका छन् । सत्तारुढ दलहरुकै विरोध र अनावश्यक बाझाबाझले उनी आफै घेरिइरहेका छन् । यता माओवादी र रास्वपाले सडकमा कार्यकर्ता ओराल्ने निर्णय नै गरेका छन् । ओलीको अमेरिका भ्रमणले समीकरण फेरबदलकै सम्भावना तत्काल बलियो नरहे पनि भूराजनीतिक कित्ता भने क्लियर हुने देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु गरेका छन् । ओलीले अमेरिकामै भारतीय समकक्षी नरेन्द्र मोदीको सामान्य भेट चाहेका छन् । तर, भारत भने उतै पहिलो भ्रमण होस् भन्ने चाहन्थ्यो । यहीबीचमा भारतले ओलीलाई महत्व नदिँदा ओली भने अमेरिकी कित्ता क्लियर गर्ने रणनीतिमा छन् ।

अन्तरिक राजनीतिबाटै घेरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण अर्थपूर्ण छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने औपचारिक एजेण्डा भए पनि प्रधानमन्त्री बनेपछि ओलीको यो पहिलो विदेश भ्रमण पनि हो । नेपालको अस्थिर घरेलु राजनीतिका कारण सरकार परिवर्तन पनि छोटो समयमै भइहाल्ने प्रवृत्ति सामान्य जस्ते बनेपपनि भूराजनीतिक चलखेललाई दलहरु नै स्वीकार्छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतमा आफ्नो पहिलो भ्रमण गरिन् । त्यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आरजुका लागि ‘रेड कार्पेट’ बिछ्याउँदा एमाले नेतृत्व झस्किएको थियो । भारत र चीनले स्वभाविक रुपमा ओलीको पहिलो भ्रमण आफ्नो देशमा होस् भन्ने चाहेका थिए । तर ओली अमेरिका हानिएपछि नेपालमा अमेरिकी इन्ट्रेस्टको सरकार बनेको पुष्टि गराएका छन् । यसै खिचातानीलाई हेरेको माओवादी पनि नेपालमा भू–राजनीतिक अवस्था जटील बन्दै गएको निश्कर्ष निकालेको छ ।

निकटमै रहेको अमेरिकी राष्ट्रपतीय निर्वाचन, भारतमा मोदीको घट्दो शाखसँगै बढेको अमेरिकी र चिनियाँ प्रभाव र नेपालमै पनि बढ्न थालेको रुसी प्रभावले पनि भूराजनीतिक चलखेलको परिणाम देखाउने छ । हुन त ओलीले अमेरिकामै रहदा भारतीय समकक्षी मोदीसँग भेटको प्रयास गरि नै रहेका छन् । पटक–पटक कुटनीति नोट पठाउँदा पनि त्यसको जवाफ भारतले नदिँदा भेट अनिश्चित छ । तर, आफूमाथि मोदीले देखाएको सौहार्दतालाई ओलीको भेट हुने वातावरणमा बदल्न सक्छिन् वा सक्दिनन् त्यो परराष्ट्रमन्त्री आरजुका लागि पनि परीक्षाको बिषय हो । अर्कोतर्फ भारतले पनि ओलीलाई भारत भ्रमणका लागि निम्तो दिन नखोज्नु र ओली पनि जान नचाहनुले अर्को तनाव थपिदिएको छ ।

हुन त पछिल्लो समय ओलीले मोदीसँग सम्बन्ध सुधारका लागि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला एमालेका मन्त्री नै पठाएर होस् वा आरजुमार्फत सन्देश पठाएर उनले भारतसँग सम्बन्ध सुमधुर बनाउन खोजेका थिए । तर भारतलाई भने अहिले पनि ओली प्रधानमन्त्री भएको मन परेको छैन । कांग्रेस नै सरकारमा रहेका बेला अहिले नै सरकार बनाउने अरु बिकल्प बाँकी नरहे पनि ओली जति लचिलो भए पनि उनी सत्ता टिकाउन मात्र लचिलो हुन सक्छन् भन्ने बुझेको भारत उनको वहिर्गमनकै आश गर्छन् । विश्लेषकहरु पनि ओलीसँग भारतको सम्बन्ध सुध्रिन नसक्ने तथ्यमा एकमत छन् ।