खेलकुद

एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा


काठमाडौं । रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८–० को फराकिलो जित निकाल्यो ।

एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा अनिताले गोल गर्दै अग्रता दिलाइन् ।

अनिता बस्नेतले १९ औं र ८०औं मिनेटमा गोल गरिन् । रश्मिले ५६औं, ८१औं, ८५औं, ८७औं र ८८औं मिनेटमा गोल गरी एपिएफलाई सहज जित दिलान् । ७ खेलमा एपिएफको १९ अंक पुगेको छ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।