Breaking

ठूलो परिमाणको लागुऔषधसहित ६ जना कारोबारी पक्राउ


काठमाडौं । नेपाल प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित ६ जना कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित उनीहरुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।

पक्राउ पर्नेमा उदयपुर गाईघाटका ३० वर्षिय बहादुर राई, सर्लाही हरिपुरका वर्ष २२ का विपिनकुमार महतो, पर्वतका वर्ष २७ का चालकृष्ण अधिकारी, झापा अर्जुनधाराकी वर्ष ३२ की सम्झना रोक्का रहेकाछन् ।

प्रहरीकाअनुसार असोज ३ गते जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. ३ बस्ने वर्ष ३४ प्रदीप सर्राफलाई जिल्ला काठमाडौं टोखा न.पा.१० बाट ट्रामाडोल ३० क्याप्सुलसहित पक्राउ गरिएको छ । साथै निजको कारोवारमा सहयोग गर्ने का.म.न.पा. वडा नं. १५ डल्लु घर भएका वर्ष ५१ का मनमोहन श्रेष्ठलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निज प्रदीप सर्राफले नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल विगत ४ वर्षदेखि काठमाडांैमा ठूलो परिमाणमा अवैध कारोवार गर्दै आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । साथै निजहरू उपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ वमोजिम काठमाडांै जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ ।