Breaking

सहकारीको बचत अपचलन छानबिन समितिको प्रतिवेदन सार्वजनिक


काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

संघीय संसद् सचिवालयले आज १ हजार १२४ पेजको उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । भदौ ३१ गते प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाउनुभएको थियो । भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।

यसैबीच समितिले गोर्खा मिडियाका सञ्चालकहरुले ‘आफ्नो शक्तिको गलत उपयोग गरेको’ निष्कर्ष निकालेको छ । गोर्खा मिडिया प्रा.ली.को कारोवार र वित्तिय विश्लेषण गरेको समितिले कुनै नाम किटान नगरी सञ्चालकहरुले शक्तिको गलत उपयोग गरेको भनेको हो ।

गोर्खा मिडियामा जीवी राई, रवि लामिछाने, छविराज जोशी र कुमार रम्तेल सञ्चालक रहेका थिए ।