Breaking

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा


काठमाडौं । पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन्। शुक्रबार पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष राजीनामा बुझाएका हुन्।

आगामी असोज १२ गतेका लागि तोकिएको महासंघको निर्वाचन हुन नसक्नुका सबै कमजोरीको नैतिक जिम्मेवारी लिँदै आफूले पदबाट राजीनामा दिएको बताएका छन्।

यसअघि गत भदौ २४ गते महासंघका अध्यक्ष विपुल पोखरेलले पनि तोकिएको समयमा निर्वाचन गर्न नसकिएको भन्दै राजीनामा दिएका थिए।