मनोरञ्जन

विश्व शेर्पा दिवसको अवसरमा शेर्पा संघ अमेरिकाले डिजे पार्टी गर्ने


काठमाडौँ — शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा युवा पुस्ताको रुचि अनुरुपको डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ । विश्व शेर्पा दिवस विश्व शेर्पा संघ जम्बुलिङ शेर्वा छोक्पाले हरेक बर्षको अक्टोबर ८ मा मनाउदै आएको छ । यसै दिवसको अवसरमा शेर्पा संघ अमेरिकाले डिजे पार्टी गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकार दिएका छन् । शेर्पा सँस्कृति नयाँ पिडिलाई हस्तान्तरण गर्ने उदेश्य अनुरुप हुन लागेको जानकारी दिएका छन् ।

डिजे कार्यक्रममा विविध मौलिक शेर्पा सँस्कृतिको साथै नादिङ गीतहरू , शेर्पालाई अवश्यक उपयोगी प्रवचन तथा धार्मिक कुराहरु प्रस्तुत हुने आयोजकले जनाएको छ । अक्टोबर ८ लाई शेर्पा दिवसको रुपमा मनाउन न्युयोर्क सिटिको राज्य स्तरमा मान्यता दिलाउन आवश्याक पहल भइरहेको शेर्पा संघ अमेरिका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी)ले जानकारी दिएका छन् ।कार्यक्रममा नेपालका प्रथम डीजे तेन्जिङ शेर्पासंगै न्यु योर्कका परिचित डिजे यल एस जङबु शेर्पाले प्रस्तुती दिने भएकाको छ ।