Breaking

अर्घाखाँचीमा आगालागि पिडितको घर निर्माणकार्य सम्पन्न


गत बैसाख २९ गते अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा –४ फसिन्डाडा मा आगालागी हुँदा केहि घर–गोठ जलेर नष्ट भएका थिए । त्यसै आगलागीमा परेर ७९ बर्षिय धनकला पाण्डेको पनि घर पुर्ण रुपमा क्षती भएको थियो ।


गरिबिका कारण घर पुनःनिर्माण गर्न नसक्ने उनलाई छत्रदेव गाउँपालिका निवासि ५ युवाहरुले घर निर्माण गरिदिएका छन् । सामाजिक सन्जाल फेसबुक मा आर्थिक अभियान सन्चालन गरी पिल्लर राखेर पक्कि टवाइलेट र मैरी सहितको दुई कोठे घर निर्माण गरिएको सोहि समुहका एक युवा अमित पाण्डे ‘प्रकाश’ले बताएका छन् ।

साथै धनकलालाई आबश्यक पर्ने खाँट–बिस्तारा र भाडाहरुको पनि व्यवस्था गरिएको उनले बताए ।
सामाजिक कार्यमा सकृय कमल पोखरेल, नारायण खनाल, पशुपति पाण्डे, रामु खनाल र अमित पाण्डेको संयुक्त सकृयतामा घर निर्माण कार्य सम्पन्न भएको हो ।