Breaking

झूठ बोल्न माहिर रवि, सहकारीमा अर्को झूठ


छोटो समयमै राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी जुन गतिमा उदायो त्यही गतिमा बिभिन्न प्रकरणले घेरिएको छ । पार्टिको मेरुदण्ड सभापनि रवि लामिछाने दोहोरो नागरिता देखि सहकारी लगायत विभिन्न काण्डहरुमा मुछिदा ‘विकल्प’हरुप्रति समेत जनताको विश्वास गुम्दै गएको छ ।

झुटलाई आत्मविश्वासका साथ सत्य सावित गर्ने कला कसैबाट सिक्न चाहनुहुन्छ भने रवि लामिछाने मार्गदर्शक बन्न सक्छन् । उनीमाथि जतिसुकै गम्भीर आरोप लागे पनि यो संसारमा सत्य र बेदागी पात्र रवि नै हुुन् । यसो उनी सोच्छन् । आरोपलाग्ने बित्तिकै पानीमाथिको ओभानो बनिहाल्छन् । सहकारीबाट ठगेको रकमले कम्पनी चलाएको पुष्टि हुँदा पनि अहिले आफू निर्दोष रहेको प्रमाणित गर्न खोज्दैछन् ।

रवि बोल्ने मात्र नभइ खरो बोल्न सक्ने नेता हुुन् यसमा दुईमत छैन । खरो बोलेरै सञ्चारकर्मी हुँदै छोटो समयमै उपप्रधानसहित गृहमन्त्रीबने । तर दुःखको कुरा के छ भने उनी जति बोल्नमा महिर छन् त्यत्तिकै झुट बोल्नमा पनि । टेलिभिजनमा द लीडर कार्यक्रमा सञ्चालन गर्नेदेखि दोहोरो नागरिकता, राहदानीमा झुटको अपार सफलतापछि अहिले सुर्यदर्शनसहकारीको रकम हिनामिनाबारे पनि जान्नेलाई छान्ने पार्टीका सभापति केही थाहा नभएको अभिव्यक्ति दिन्छन् ।

सञ्चारकर्ममा हुँदा दुनियालाई कानुन र नैतिकताको पाठ सिकाउने रविलाई आफुले सञ्चालन गरेको कम्पनी गोर्खा मिडियामा कहाँबाट कसरी कारोडका करोड रकमको खोलो बगेको थियो भन्ने बारे थाहा नपाएको अभिव्यीक्त दिनु दिउँसै रात पार्ने अभिव्यक्ति हो । सामान्य कर्मचारी वा सामान्य एमडी मात्रै भए यो झुट मान्न पनि सकिन्छ । तर, नी १५ प्रतिशत शेयर सहितको सञ्चालक कर्मचारी हुन् । रविले त उज्यालो तथ्यलाई अँध्यारो बनाउन खोजे खेजे त्यही अन्धकारमा पार्टीका होनहार नेताहरु पनि कुँद्न पछि परेका छैनन् । अर्थात सभपतिको झटलाई सत्य मान्दै उनको प्यारो बन्ने प्रतिस्पर्धामा केही नेता नै लागेका छन् । यसको पहिलो श्रेणीमा आउँछन् उपसभापति स्वर्णिम वाग्ले ।

हुन त वाग्लेको विगत नै यस्तै हो । कांग्रेसमा हुँदा पनि महामन्त्री गगन थापाको यीनले यसैगरी जयजकार नै गर्ने गरेका थिए । तर, कम बोल्ने र चाहिने मात्र बोल्ने, शिक्षामन्त्री हँुदा राम्रो कामको छाप छाडेर गएकी संसद सुमना श्रेष्ठ पनि तयही अँध्यारो झुट उज्यारो पार्न हौसिएकी छिन् । कांग्रेसबाटै रास्वापा पुुगेर अहिले कार्यवाहक प्रवक्ताको जिम्मेवारी माएका मनिष झा पनि यसै सूचीमा छन् ।

रास्वपाका तर्फबाट सहकारी छानविन समितिमा रहेर समस्याग्रस्त सहकारीमा छानविन अनुसन्धान गरेका शिशिर खनालले पनि आफ्नै सभातिको ढाकछोप गर्नमा व्यस्त छन् । समितिले सहकारी ठगीबारे मात्रै बनेको र कुनै कम्पनीकोरकमबारे छानविन गर्न नबनेकाले रविले क्लिन चिट पाएको उनको तर्क छ ।

१९७७मै सामाजिक कुरितीका रुपमा रहेको शतीप्रथा उन्मूलन भए पनि राजनीतिमा नेताको नेताका कुकर्मको शती जाने प्रचलन हटेको छैन । अझ आफूलाई विकल्पको तक्मा भिराएर आएका दलहरुमा समेत यो प्रथा कायम छ । हुन त पार्टी सभापति वा अध्यक्षको वचाउमा लाग्नु त्यो पार्टीको सांसद वा कार्यकर्ताको धर्म हुनसक्छ । तर, तथ्यले गलत प्रमाणित गरेका बिषयमा पनि नेतृत्व बोकिरहनु दुर्भाग्य हो । यही प्रवृत्ति जनतामा पनि बढ नेतृत्व झनै भ्रष्ट र विवादित बन्ने जोखिम रहन्छ ।