Uncategorized

रविबारे गगन–देउवा तालमेल, नेता नै न्यायाधीश


काठमाडौँ – संसदीय छानविन समितिले सहकारी ठगीबारे दुुई हजार पृष्ठाको प्रतिवेदन तयार पारिसकेको छ । अब सो प्रतिवेदनको अध्ययन र आवश्यक अनुसन्धान गरी दोषीमाथि कारवाही गर्ने जिम्मा सरकारको हो । तर, दोष वा निर्दोष तोक्ने काममा नेताहरु नै न्यायाधीश बन्दा कांग्रेस–रास्वपा वाकयद्ध फेरि चर्किएको छ ।

यो राजनीति छाड्ने ध्वास कुनै जनताको पक्षमा थिए । यो त रवि लामिछाने ठग करार भए उनले राजनीति छोड्ने र नभए गगनले राजनीति छोड्ने फगत राजनीति स्वार्थको बेलुत त्यतिबेला विस्फोट मात्र भएको थियो । अब उनीहरुमध्ये कसैले राजनीति छोड्ने बेला भइसकेको हो । किनभने सहकारी ठगीबारे संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिक भइसकेको छ । तर, अहिले पनि एक पक्ष म ठग होइन भन्दैछ भने अर्को पक्ष फलानो ठग नै हो भन्दैछ ।

अर्थात, प्रतिवेदनमै राय बाझिदा समाधानतिर जानुपर्ने कांग्रेस–रास्वपा वाकयुद्ध झनै चर्कदो छ । सहकारीको रकम बोक्ने भरिया जीबी राई भएको र रवि त्यो चलाउने भान्से मात्रै भएकाले रविले क्ल्नि चिट पाएको रास्वपाको दाबीले गगन अक्क न बक्क भएका थिए । तर, कांग्रेस सभापति शेरबहादुुर देउवाले नै गगनको पक्षमा अभिव्यक्ति दिँदा अब कारवाहीको मुद्दा पनि महामन्त्रीस्तरमा भन्दा कांग्रेसकै मुद्दा बनेको छ ।

केही दिनअघि मात्रै गगनले संसदमै आफूहरुसँग भएका प्रमाण समितिमा पठाएको बताएका थिए । तर, उनले पठाएका प्रमाणहरुले गलत सावित भएको भन्दै रवले प्रणाम गरिसकेका छन् । छानविन समितिका प्रतिवेदनमा सहकारीबाट पैसा गोरखा मिडिया नेटवर्कमा ल्याउन रविको भूमिका देखिएको छैन । यसरी हेर्दा गगनले राजनीति छाड्नुपर्ने हो । तर, त्यसरी अनियमित तरिकाले आएको रकम चलाउने भान्से भएका नाताले उनीमाथि पनि कारवाही सिफरिस गरेको छ ।

यीनै दुई आधारमा खेल्दै रास्वपाले क्लिन चिट पाएको बताउँदैछ भने कांग्रेस त्यसलाई क्लिन चिट नभई कारवाहीका लागि क्लियर चिट आएको रुपमा हेर्दैछ । तर, यहाँ कांग्रेस र रास्वपामाथि प्रश्न भने उठ्छ । निर्दाष सावित भएका भए तथ्यले देखाउँछ रास्वपा अनावश्यक न्यायाधीश बन्नु आवश्यक छैन । यदि दोषी देखिएको भए कांग्रेसकै नेतृत्वमा गृह मन्त्रालय छ । सार्वजनिक कार्यक्रममा बोल्दै हिंड्ने होइन । दोषीमाथि कारवाही गर्न सक्नुपर्छ ।

हुन त प्रतिवेदन टुंग्याउनु भन्दा पहिले रवि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर लेनदेन मिलाएको चर्चा चलेको थियो । तर, ओली प्रधानमन्त्री भएकाले भेटघाट स्वभाविक भए पनि देउवासँग भने नभेटेको बताएका थिए । आन्तरिक शक्ति सन्तुलन मिलाउन देउवाले पनि साथ दिनु र ओलीसँग पनि सम्झौता हुँदा रास्वपाको क्लिनचिट प्रचारलाई स्वभाविक मान्न सकिन्छ ।

तर देउवाले पछिल्लो समय दिएको अभिव्यक्तिले यो बिषयलाई भने खण्डित गरिरहेको छ । देउवाले धोका दिएकै कारण गगन केही दिन बोल्न नसकेको चर्चाका बीच देउवाले नै गगनलाई धन्यवाद दिँदा बिषयले अर्कै मोड लिएको देखिन्छ । जेसुकै भए पनि राजनीति छाड्नेसम्मकै चुनौति मोलेर बनेको प्रतिवदन कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्छ । प्रतिवेदनकै भरमा कोही दोषी वा निर्दोष सावित गर्ने स्वघोषित न्यायाधीशहरुले तथ्य बंग्याउने प्रयास गर्नु हुँदैन ।
०००