Uncategorized

धरहराबाट काठमाडौं नियाल्दा…, ९ वर्षपछि पूरा भयो सपना, निःशुल्क चढ्न पाइने


काठमाडौँ – धरहराको टुप्पोमा पुगेर काठमाडौं अवलोकन गर्ने आम सर्वसाधारणको अभिलाषा ९ वर्षपछि बल्ल पुरा भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर आधुनिक धरहरा चढ्न खुला गरेसँगै वर्षाैसम्म ठिङ्गो उभिरहेको धरहरा जीवन्त भएको छ ।

२०७२ को विनाशकारी भूकम्पले ढलाएको धरहरा पुनर्निर्माणपछि सर्वसाधारणका लागि खुला गरिएको छ । भूकम्पले क्षति पु¥याएको तीन वर्षपछि अर्थात् २०७५ पुस १२ मा आधुनिक धरहरा निर्माणको शिलान्यास भएको ६ वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो । शहरी विकास मन्त्रालयले परीक्षणकाल अवधिमा निशुल्क धरहरा चढ्ने व्यवस्था मिलाएको छ । संविधान दिवसको अवसर र निःशुल्क धरहरा चढ्न पाउने भएपछि पहिलो दिनको भीड थामिनसक्नु थियो ।

धरहरा चढ्नका लागि बिहीबार बिहानैदेखि सर्वसाधारणको घुईंचो लाग्दा सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न हम्मे परेको थियो । भीड नियन्त्रण बाहिर जाँदा प्रहरीले पटक पटक माईकिङ गर्दै संयमित हुन आग्रह नै गर्नुपरेको थियो । धरहरा चढ्न पाउने वा नपाउने दोधरकै बीच अवलोकनकर्ताहरू पारिलो द्दाम छेक्न छाता ओडेरै लाईनमा उभिएका थिए । बालक देखि वृद्धसम्म, अझ बालबच्चालाई काखी च्यापेरै धरहराबाट काठमाडौं नियाल्न प्रतीक्षारत थिए । व्यवस्थापनमा केही असन्तुष्ट रहेकाहरू धरहराबाट देखिने काठमाडौंको मनोरम दृष्यावलोन गर्न आतुर पनि देखिन्थे ।

पहिलो दिन भएर व्यवस्थापनमा केही कमीकमजोरी भएको व्यवस्थापनको जिम्मा पाएको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको पनि स्वीकारेको छ । तर, व्यवस्थथित बन्दै गएपछि अवलोकनकर्ताहरूले सास्ती भोग्न नपर्ने इकाइको दाबी छ । अनलाइनमार्फत मजबचबजबचब।नयख।लउ मार्फत पनि अनलाईन टिकट बुकिङ गर्नसक्ने व्यवस्था मिलाइएको छ । यही व्यवस्थाको फाइदा लिँदै आफ्नो समयानूकुल धरहरा घुमेर रम्नसक्ने ईकाइका उपनिर्देशक लिला खतिवडा बताउँछन् ।

पहिलाको जस्तै धरहराको टुप्पोमा पुग्नका लागि भ¥याङ राखिएको छ भने सँगसँगै दुईवटा लिफ्ट पनि जडान गरिएको छ । धरहरा चढ्न निकै सास्ती खेप्नुपरे पनि टुप्पोमा पुग्दा भने आनन्दित भएको अवलोकनकर्ताको अनुभव छ । पुरानो धरहरा चढ्न नपाएकोमा खल्लो महसुस गरेका उनीहरूले पुनः पूर्खाले छोडेर गएको सम्पत्ति देख्न पाउँदा खुशी लागेको बताएका छन् ।

बेलाबखत केन्द्र र स्थानीय सरकारको राजनीतिक मुद्दा बन्दै आएको धरहरा अहिलेसम्म तीन पटक निर्माण भईसकेको छ । विक्रम सम्वत् १८८२ मा भीमसेन थापाले ११ तलाको धरहरा निर्माण गरेका थिए । १९९० मा आएको भूकम्पले उक्त धरहरामा क्षति पु¥याएपछि राणा प्रधानमन्त्री जुद्ध शम्शेरले दुई तला घटाएर नौ तलामा झारेका थिए । तर, अहिले बाहिरबाट हेर्दा नौ तले नै देखिए पनि २२ तले बनेको छ । पटक पटक भूकम्पको सिकार बनेको धरहरा अहिले भने भूकम्प प्रतिरोधी बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष अघि नै उद्घाटन गरेको भएपनि सर्वसाधारणका लागि भने खुला गरिएको थिएन । यसअघि पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सनर्माण अधुरै रहेका बेला धरहरामा निःशुल्क पार्किङ खोलेपछि संघ र स्थानीय सरकरको टसल नै परेको थियो । निर्माण थालेको ६ वर्ष पूरा हुँदा पनि धरहराको निर्माण पूर्णरुपमा सम्पत्र हुन अझै ५ प्रतिशत काम बाँकी नै छ । जे होस् काठमाडौंको मुटुमा रहेको धरहराको ऐतिहासिक महत्व त छ नै, त्यसबाहेक पनि काठमाडौंको सुन्दर दृष्य हेर्नका लागि पनि उपयुक्त रहेको दुई मत छैन ।