Breaking

कन्सर्टमै बालेन समर्थकको हल्ला, ओलीलाई कसको डर ?


काठमाडौँ – एमाले काँग्रेस मिलेर बनेको दुईतिहाईको सरकार नागरिमा आशा भर्न सफल हुने दाबीकाबीच आफै डराउन थालेको छ । नागरिकस्तरमा राज्यको उपस्थिती जनाउन नसकेको सरकार साना तिना विरोधीमै प्रतिक्रियात्मक देखिन थालेको हो । फलत : सरकारमाथिको प्रश्न अझ बलियो बन्दा सरकारनै तर्साउनेगरि कसले बढाउँदै छ त असुरक्षा ?

विहिबार नागरिकस्तरबाट भएको नेसनल डे कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीलाई लिएर कयौँ प्रश्न उठे । पहिले त सुरक्षा खतरा भएको भन्दै उनी सहभागी नहुने खवर बाहिरिए भने कार्यक्रममा नजान सुरक्षा निकायले सुझाव दिएपछि ओली पनि हच्किएका थिए । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग उनको घोचपेच चलिरहँदा यो असुरक्षालाई वालेन समर्थकसँग जोडेर हेरिएको थियो ।

कन्सर्टमा काठमाडौँ महानगरपालिका मेयर बालेन साहका समर्थकहरु पनि सहभागी हुने प्रहरीले अनुमान लगाएको थियो भने यसले राम्रो नतिजा नदिने भन्दै चारवटै सुरक्षा निकायले उनलाई नजान भनेका थिए। तर विगतमा पनि भिडेरै जाने छवि बनाएका तथा प्रधानमन्त्री नै कार्यक्रममा उपस्थित नभए जाने राम्रो सन्देश नजाने बाध्यताका कारण उनी कार्यक्रमा भने सहभागी बने ।

तर सुरक्षा निकायलाई भने यसले टाउको दुखाई नै बनाएको थियो । अर्थात ओली सहभागी नहुने विषयलाई पछि हटाएर नयाँ सुरक्षा रणनिति लागु गर्नुपर्ने अवस्था बन्दा कन्सर्टको सुरक्षामा नेपाल प्रहरीका २५ सय र सशस्त्रका २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको थियो ।

संविधानविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका राजावादी दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोलगायतका गतिविधिलाई प्रहरीले नोटिसमा राख्दा कन्सर्टस्थलको वातावरण बिगार्न खोजे कारबाही हुने प्रहरीले पहिल्यै बताएको थियो । अर्थात सुरक्षा घेराकैबीचमा कार्यक्रमा सम्पन्न भएको यो स्थितीले प्रधानमन्त्री र राजनीतिक नेतृत्वमाथिको नागरिक अविश्वास प्रष्ट पारेको थियो ।

यो त ताजा प्रतिनिधि घटना मात्रै हो । यसअघि मँगलबार इन्द्रजात्रा बिथोलेको आरोपमा वसन्तपुरबाट बालेनको तस्बिर अंकित टिशर्ट लगाएका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जसलाई बालेन भर्सेस सरकारको अवस्थाकै रुपमा अथ्र्याईदा भदौ १० गते टुडिखेलमा आयोजित गौरा वर्षमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको थियो।

त्यहाँ युवाहरुले संगठित रुपमै ओली र देउवाको विरोधमा हुटिङ र नाराजुलुस गरेका थिए। युवाहरुको हुटिङ र नाराजुलुसकै बीच ओली र देउवाले सम्बोधन गरेर तनावपूर्ण अवस्थामा कार्यक्रम समापन हुँदा हरेक स्थानमा नेतृत्वमाथि प्रश्न गर्ने अवस्था बन्दै गएको छ । जसले उनीहरु आफ्नै नागरिकबाट सुरक्षा खतरामा रहेको प्रष्ट हुदै गएको छ । आखिर किन त यस्तो ?

हुन त न अहिले देश सँक्रमणमा छन् न त शशस्त्र आन्दोलन नै छ । न त कुनै असन्तुष्ट पार्टिले व्यापक रुपमा आन्दोलन छेडेको छ न प्रतिबन्धित पार्टि नै छन् । तर आफ्नै कारण आफै खतरामा पर्न थालेका नेताहरु सार्वजनिक रुपमै लखेटिने खतरा प्रवल हुँदै छ ।

यसले सरकारको दुई तिहाईको हैसियतमाथि मात्रै प्रश्न गरेको छैन बरु अराजकता मच्चाउनेहरुलाई किन नियन्त्रण गर्न सफल भईरहेको छैन भन्ने प्रश्न समेत यसले उठाएको छ । यसका अलाबा सामाजिक सन्जालमा लेखेको,अभिव्यक्ति दिएकै भरमा पक्राउ गर्ने र नागरिकको समर्थन प्राप्त गरेकै माथि विना कारण झम्टिने सरकारको शैली उनीहरुकै लागि घातक त बन्दै छैन ? यो प्रश्न समेत पेचिलो बन्दै छ ।